• बाहुनडाँगी । वालविवाह कानुन विपरितको अपराधिक कार्य भएकाले वालविवाह गर्ने जोसुकैलाइ पनि कानुनी कारवाही हुने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीले वताएका छन् ।

    दाङ महिला जेसिजको आयोजनामा घोराही उपमहानगरपालिका वर्डा नं। १४ ट्राफिक टोलको खोलीगाउँमा वालविवाह न्युनिकरण सम्वन्धी सचेतनामुलक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरुले २० वर्ष मुनिको विवाहलाई कानुनले अपराध मानेकोले वालविवाह गर्ने जो सुकैलाइ पनि कानुनी कारवाही हुने भएकाले कानुन विपरितको कार्य कही कतैवाट पनि हुन नहुने वताएका छन् । वालविवाहले वालवालिकाको अधिकार हनन् हुने भएकाले वालविवाह न्यूनिकरणमा सवैको ध्यान जानुपर्नेमा सहभागीले वताएका छन् ।

    वालविवाहले वालवालिकाको अधिकार हनन् हुने भएकाले वालविवाह न्यूनिकरणमा सवैको ध्यान जानुपर्नेमा सहभागीले वताएका छन् । वालविवाहले वालवालिकाको शारीरीक, मानसीक र संवेगात्मक विकासमा असर पु¥याउने र यसको दिर्घकालिन असर वालवालिकाको व्यक्तित्व र समाजमा तथा देशविकासमा समेत पर्ने भएकाले यसको अन्त्यका लागि सवै एक हुनुपर्नेमा जोड दिएका छन् । दाङ महिला जेसिजका अध्यक्ष रेखा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दाङ महिला जेसिजका पुर्वअध्यक्ष निरजा पोख्रेल, सहभागी राधिका विक, ट्राफीक चोकटोल विकास संस्थाका अध्यक्ष रचना कुमाल लगाएतले आआफनो विचार राख्नुभएको थियो ।

    कार्यक्रमको प्रमुख प्रशिक्षकमा रेडियो स्र्वगद्धारीका समाचार सम्पादक वसुन्धरा गौतम र प्रशिक्षकमा दाङ महिला जेसिजका पुर्व अध्यक्ष विमला शर्माले वालविवाह यसले पार्ने असर कानुनी कारवाही र यसको न्युनिकरणमा सरोकारवालाको भुमिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
    सुनिता अधिकारीले आस्था पाठ गर्नुभएको कार्यक्रममा संयोजक सुनिता थापाले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा दाङ महिला जेसिजका कार्यकारी उपाध्यक्ष जिवा भुसालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव अनिता ढकालले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…