लहान, १८ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दू राष्ट्र स्थापनाका लागि चैत महीनादेखि सडक सङ्घर्ष गर्ने चेतावनी दिनुभएको छ ।
पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान सिरहाको लहानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थापाले चैत महीनादेखि हुने सडक सङ्घर्षबाटै हिन्दू राष्ट्र स्थापना गर्ने दाबी गर्नुभयो । उहाँले मधेशी जनताको पहिचान र स्वाभिमानका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।