• मिस धिमाल २०१९ को उपाधी उर्लाबारी मोरङकी निमा धिमालले जितेकी छिन् ।
    मिस धिमाल २०१९को शुक्रबार राति उर्लाबारीमा भएको फिनालेमा निमाले १९ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी हुन् । निमाले ताज सहित नगद १ लाख रुपैया प्राप्त गरेकी छिन् । समाजसेवा र मोडलिङमा निक्कै रुचि राख्ने निमासँग रातोकलम डटकमले गरेको कुराकानी -

    मिस धिमालको उपाधि जित्दा हजुरलाई कस्तो लाग्यो ?
    एकदमै खुशी लाग्यो, के भइन्छ होला भनेर डर लागिराथियो । तर निक्कै कन्फिडेन्सका साथ म कार्यक्रममा सहभागि भए । जर्जहरु र दर्शकको मन जित्दै उपाधि चुमे । धेरै खुशी लागेको छ ।

    प्रतियोगितामा भाग लिने बिचार चाहिं कसरी आयो नी ?
    मैंले प्रतियोगिताको बारेमा समाजिक सन्जालमा देखेको थिएँ । मलाई पहिले देखि नै भाग लिन मन लागिरहन्थीयो । अरु साथीहरुले ट्यालेण्ट छस ब्युटी प्याजेन्टमा भाग लिन भन्थे । आफ्नै समुदायको प्रतियोगिता भएकाले पनि मैंले यसमा भाग लिएको हुँ ।

    के आशा राखेर प्रतियोगितामा भाग लिनु भएको थियो ?
    मैंले सुरुमा त अनुभव बटुल्ने सोच मात्र राखेको थिएँ । प्रतियोगिताको उद्देश्य धिमाल सांस्कृतिक खोजी गर्ने भएकाले पछि धिमाल जातिको संस्कृति बारे बुझ्छु,व्यक्तित्व विकास गर्छु भन्ने लागेको थियो । तर धिमालको ताज नै जितेँ । मलाई एकदमै खुसी लागिरहेको छ ।

    मिस धिमाल हुनुअघिको निमा र अहिलेको निमामा के फरक छ ?
    अस्तीसम्म म निमा मात्र थिएँ । अहिले म मिस धिमाल भएको छु । मेरो नामको अघी मिस धिमाल जोडिएको छ । एउटा समुदायको प्रतिनिधि भएको छु । त्यही हो फरक । आफ्नो ठाउँ र समुदायको लागि केही गर्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । आफ्नो जातीको लागि अब केही गर्नपर्छ भन्ने लागिरहेको छ । जिम्मेवारी बढेको अनुभव छ ।

    कार्यक्रममा मिस धिमालको रुपमा तपाईको नाम घोषित भएपछि सवैभन्दा पहिला के सोच्नुभयो ?

    अँ ... त्यति खेर त मेरो दिमाग पुरै खाली भएको थियो । मैंले त केही सोच्नै सकिन । होईन होला म भएको भनेर विश्वासै गर्न सकिन । पूरै सपना जस्तो लाग्यो । बिजेता बनेपछि निक्कै खुशी भए ।

    ब्युटि कन्टेस्टहरुमा भाग लिएपछि मोडलिङ्ग वा फिल्मतिर पनि अवसर पाइन्छ । त्यसबारे के सोच्नु भएको छ ?
    अहिले नै त्यसबारे केही सोचेको वा योजना बनाएको छैन । आफ्नो जातिको लागि राम्रा राम्रा काम गर्दै सामाजिक काममा संलग्न हुनेछु ।

    उपाधि जितेको रकम के गर्नुहुन्छ ?
    केहि सामाजिक काममा खर्च गर्नेछु । अरु बचत गरेर आवश्यक काममा खर्च गर्नेछु ।

    उपाधि जित्नुको मुख्य श्रेय कस्लाई दिनुहुन्छ ?
    म मेरो ममि र घरपरिवारलाई दिन चाहान्छु । मलाई मेरो ममिको निक्कै सपोर्ट छ ।

    ब्युटि प्रतियोगितालाई कसरी हेर्नुहुन्छ ?
    अडिसन देखी प्रशिक्षण हुँदै फाईनल राउण्डसम्म आईपुग्दा हामीहरुको निक्कै ब्यक्तित्व विकास भएको छ । ठाउँमा बोल्न सक्ने भएका छौ । हामी अल्पसंख्यक र पछि परेको जातिको स्तर उठाउन आयोजकहरुले बिभिन्न समस्या पार गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको उहाँहरुलाई धन्यवाद दिनैपर्छ । मलाई सबै ब्युटि प्रतियोगिता मन पर्छ ।

    अब तपाईको व्यक्तिगत रुचीहरु के के हुन् ?
    मलाई नाँच्न मन पर्छ । समाजसेवामा विशेष रुचि छ । फुडहरु बनाउन साथीसंगीसँग घुम्न र रमाईलो गर्न मन पर्छ ।

    मन पर्ने खाना के हो नि ?
    मलाई घोगी एकदमै मन पर्छ । (हेहे हाँसो)

    तपाईलाई मन पर्ने ठाउँ ?

    नेपालकै इलाम घुम्न जान मन पर्छ ।

    मन पर्ने लुगा नी ?

    मलाई आफ्नै जातिको पोसाक मन पर्छ ।

    नठाँटी भन्नुस तपाईको ब्वाईफ्रेण्ड छ कि छैन ।

    अँ ..अँ भन्नु पर्छ र ? न भने पनि हुन्न ? ..... हा हा हा साँच्चि भन्दा छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…