काठमाडौं । धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताले जानकारी लिएका छन्।
नेता अधिकारीको स्वास्थ्य अवस्था गम्भीर भएको खबर सार्वजनिक भएपछि नेताहरुले अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
नेताहरुले अधिकारीको स्वाथ्य अवस्थाबार जानकारी लिएको जानकारी दिदै नेकपाका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अधिकारीको क्लिनिकलरुपमा मृत्यु भइसकेको छ, प्रविधिकरुपमा मात्र उहाँ जीवित रहेको बताए। ह्याम्स अस्पताल पुगेका रक्षा मन्त्री इश्वर पोखरेलले फेसबुकमा यस्तो लेखेका छन्।