• –चन्द्रकला भण्डारी

    भद्रपुर, १८ फागुन

    झापाको काँकडभिट्टामा आजदेखि शुरु भएको कला साहित्य उत्सवको अन्तिम सत्रमा ‘भू–राजनीतिक चिन्तन’ विषयमा रोचक बहस भएको छ । बहसमा नेपाल–भारत प्रबुद्ध समूहका सदस्य एवं जवाहरलाल नेहरु विश्वविद्यालयका प्रा महेन्द्र पी लामा र ‘प्रयोगशाला’ पुस्तकका लेखक तथा कान्तिपुर दैनिकका पूर्वसम्पादक सुधीर शर्मा वक्ता हुनुहुन्थ्यो ।

    युवा पत्रकार वसन्त बस्नेतले सहजीकरण गर्नुभएको सो बहसमा ‘नेपालमा चीन पसेको हो रु’ भन्ने विषयले प्रवेश पाएको थियो । नेपालमा चीन पस्यो पस्यो भन्छन् नि, तपाइँलाई कस्तो लागेको छ रु प्रस्तोता वसन्त बस्नेतले भारतीय प्रा लामालाई प्रश्न सोध्नुभएको थियो ।

    सोझोभन्दा घुमाउरो कूटनीतिक जवाफ फर्काउन सिपालु लामाले ‘चीन नेपालमा पस्नु कुनै नौलो विषय होइन’ भन्नुभयो । “केरुङ, तातोपानी र काठमाडौँबाट चीन पसिरहेको उल्लेख गर्दै उत्तरबाट रेल ल्याउन चाहिँ सोचेभन्दा कठिन भएको दाबी गर्नुभयो । आठ हजार फिटभन्दा माथि उक्लिँदा नै स्याँस्याँ र फ्याँफ्याँ हुन्छ हिमाल नाघेर रेल कसरी ल्याउने होला रु”, लामाले प्रश्न तेस्र्याउनुभयो ।

    बहसमा सहभागी पत्रकार सुधीर शर्माले नेपालमा चीनको सहयोग फाइदाजनक हुने तर्क पेश गर्नुभएको थियो । उहाँले नेपालले नेपालको पूर्वाधार विकासका लागि आर्थिकरुपमा सम्पन्न चीनबाट फाइदा लिनुपर्ने र त्यसको सम्भावना भएको बताउनुभयो ।

    भारतले दुई वर्षअघि लगाएको आर्थिक नाकाबन्दीको चर्चा गर्दै शर्माले चीन पसेर भारतलाई किनारा लगाउला भन्ने डरले नै भारतीय संस्थापनले पछिल्लो समय नेपालसँग सम्बन्ध सुमधुर बनाउन कसरत गरिरहेको धारणा व्यक्त गर्नुभयो ।

    “नाकाबन्दी लगाउनु गल्ती थियो भनेर भारतले अहिले महसुस गरिसकेको छ”, शर्माको तर्क छ, “यसको एउटै कारण छ, नेपालमा चीन पस्ने भारतको डर ।” नेपालमा नाकाबन्दी लगाउँदा भारत विरोधी जनमत बढेको र त्यसकै बलमा कम्युनिष्ट सत्तामा पुगेकोसमेत भारतले महसुस गरेको उहाँको धारणा थियो ।

    नेपालमा मात्र नभएर विश्वभरि नै चीन पसिरहेको र उसलाई रोक्न प्रयास पनि भइरहेको भारतका नेपालविज्ञ लामाले कार्यक्रममा बताउनुभयो । प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यसपटकको उत्सव चौथो संस्करण हो । आजदेखि फागुन २० गतेसम्म सञ्चालन हुने उत्सवमा विचार विमर्शदेखि विभिन्न कविता वाचन, चित्रकला प्रतियोगिता र चरा संरक्षणका लागि तस्बीर प्रदर्शनी गरिएको आयोजक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसार्इंले बताउनुभयो ।

    पहिलो दिनकै सत्रमा ‘समकालीन आख्यानमा वर्गचेत’ शीर्षकमाथि पुण्यप्रसाद खरेल, सरस्वती प्रतीक्षा र रेमिका थापाबीच बहस भएको थियो । सो बहसको सहजकर्ता दीपक सापकोटा रहनुभएको थियो । त्यसपछिको सत्रमा ‘अभिव्यक्ति र बहीष्करण’ शीर्षकमा अनुभव अजित, नयनराज पाण्डे र सुप्रिया मानन्धरले आफ्ना धारणा राखेका थिए ।

    कार्यक्रमको सहजकर्ता बन्दना ढकाल हुनुहुन्थ्यो । कार्यक्रममा देही आर्टको आयोजनामा विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी गरिनुका साथै दर्शकले मन पराएको चित्रमा मत दिने व्यवस्थासमेत मिलाइएको थियो ।

    दर्शकले दिएको मतका आधारमा उत्कृष्ट चित्रलाई पुरस्कृत गरिने देही आर्टका छितेन शेर्पाले जानकारी दिनुभयो । साँझ परिवर्तन थिएटरले ‘बिटुलो आख्यान’ नामक नाटक मञ्चन गरेको थियो । मेची सामुदायिक भवनमा नाटक हेर्न आउने दर्शक खचाखच भरिएको परिवर्तन थिएटरकी कविता नेपालले बताउनुभयो । सो नाटक रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसार्इंले लेख्नुभएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…