• बाहुनडाँगी । प्रस्तावित धनकुटा लेडी जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । धनकुटा नगरपालिका र निर्माण व्यवसायिक संघ धनकुटाको सहयोगमा भएको रक्तदानमा १३ महिला सहित ३३ जनाले रक्तदान गरेका थिए । संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ सहित शाखाका विभिन्न पदाधिकारीहरुले रक्तदान गरेका थिए । संख्यात्मक रुपमा महिलाहरुले दिएको रक्तदान अहिलेसम्मकै धेरै हो । रक्तदानका लागि महिलाहरुलाई विविध कारणले रोक्ने गरेको छ । तर, यहाँ यति धेरै महिलाहरुको सहभागिता रहेको थियो ।

    धनकुटा क्षेत्रमा रगतको अभाव हुँदै गएपछि शाखाले जेसीजको आस्था मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य भन्ने मुल आस्थालाई आत्मासाथ गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा जेसीजका पदाधिकारीहरु, शसस्त्र प्रहरी, स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त रक्तदान जिल्ला रेडक्रस धनकुटाको प्राविधिक सहयोगमा भएको थियो । शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठको सभापतित्व तथा जिल्ला अस्पताल धुनकुटाका प्रमुख अमिताभ ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि सशस्त्र प्रहरी नायव उपरिक्षक बालकृष्ण श्रेष्ठ रहनु भएको थियो । मञ्जु आर्चायको संयोजनामा भएको रक्तदान कार्यक्रमको स्वागत कार्यकारीणी उपाध्यक्ष रविना श्रेष्ठ र सञ्चालन सचिव कला राईले गर्नु भएको थियो ।
    यसैगरी शाखाका पदाधिकारीहरु रक्तदान कार्यक्रम पछि मैत्रीपूर्ण फुटबल खेलमा सहभागि भएका थिए । महिला निजामती कर्मचारी र संघ संस्थाहरुसँग धनकुटा लेडी जेसीजले मैत्रीपूर्ण फुटबल खेलेका थिए । संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठको कप्तानीमा मैदान प्रवेश गरेको धनकुटा लेडी उपविजेता बन्दै नगद ५ हजार प्राप्त गरेको थियो । स्मरण रहोसः १ घण्टा अघि रक्तदान गरेर फुटबल मैदानमा उत्रिका जेसीज महिलाहरुको यो अर्काे ठूलो हिम्मत हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…