•  

    रातोकलम सहकर्मी,

    युएई ,मार्च-३

    ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री क.रवीन्द्र अधिकारी,प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टिका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, क्याप्टेन प्रभाकार के.सी तथा मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे प्रति नेपाली जन प्रगतिशील मंच युएई र प्रवासी नेपाली मंच युएईले संयुक्तरुपमा शोकसभा सम्पन्न गरेको छ ।

    युएईको दुबई शहर स्थित एक होटलमा सम्पन्न भएको उक्त शोकसभा कार्यक्रमको अध्यक्षता प्रवासी मंच युएईका अध्यक्ष श्याम कडेल गरेका थिए, प्रमुख अतिथिको रुपमा फलोबास नगरपालिका मेयर पदममणि शर्माले गरेको थियो।

    विशेष अतिथिहरु नेपाली जन प्रगतिशील मंच युरोपका संयोजक सुरेन्द्र भुसाल, एनआएएनए युरोप सह-संयोजक गोबिन्द गौतम, नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यबाहक अध्यक्ष लक्ष्मण खनाल, एनआरएन आइसिसि सदस्य सुदिप कार्की, समाजसेवी निश्चल दाहाल लगायका व्यक्तिहरुको उपस्थितिमा शोकसभा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएका मन्त्री लगायत सातै जनाको फोटोमा मल्यार्पन गर्देै उहाँहरु प्रति एक मिनेट मौनधारण गरेका थिए, साथै उपस्थित अतिथिहरुले स्वर्गीय अधिकारी लगायतका व्यक्तिहरुले समाजमा दिनु भएको योगदान प्रशंसा गरेर एक होनहार युवा नेतृत्व गुमाउनु पर्द राज्यले ठुलो क्षति बेहोर्नु परेको धारणा व्यक्त गरेका थिए ।

    गत बुधवार ताप्लेजुंगमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित सात जनाको ज्यान गएको थियो । अधिकारीको हिजो पोखरामा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…