काठमाडौं । नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका दिनका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ ।
अहिले अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता र शुभचिन्तकहरुको भिड लागेको छ ।
श्रद्धाञ्जली कार्यक्रम पछि शव यात्रासहित पशुपति आर्यघाट लगिने कार्यक्रम तय भएको छ ।