• काठमाडौँ । नेपाली चलचित्र उद्योग हास्य कलाकारको भरमा टिकेको छ । हास्य कलाकारले निर्माण गरेको चलचित्र दर्शकले रुचाए पनि अहिले अरु चलचित्रहरु भने दर्शकको रोजाइमा पर्न सकेको छैन ।

    ‘छक्का पञ्जा–३’ पछि अहिले कुनै पनि चलचित्रले राम्रो आम्दानी गर्न सकेको छैन । कुल १७ करोड रुपियाँ कमाइ गरेर यस चलचित्रले आफूलाई बक्स अफिसको कलेक्सन अगाडि राख्न सफल भयो ।
    चर्चित हास्य टेलिसिलियल ‘मेरी बास्सै’, ‘तितो सत्य’ र ‘जिरे खुर्सानी’का कलाकारहरुको अभिनित चलचित्रले बक्स अफिसमा कारोबारको किर्तीमान कायम ग¥यो ।

    निर्देशक दिपकराज गिरी भन्नुहुन्छ, हास्य कलाकारको भरमा नै चलचित्र उद्योग चलेको भन्न मिल्दैन कमेडी जनरा चलचित्र दर्शकले रुचाउनुको साथै कथा बस्तु पनि राम्रो भएको कारण हुनु सक्छ ।’
    हास्य कलाकारहरुको अभिनय र प्रस्तुतीले दर्शकलाई तानेको हुनसक्छ, उहाँले भन्नुभयो, कथा वस्तु राम्रो हुनुपर्छ दर्शकको मन तान्छ ।
    छ वर्षअघि यही टीमले सफल फिल्म ‘६ एकान ६’ पनि निर्माण गरेको थियो । दीपकराज गिरी, दीपाश्री निरौला, सीताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, निर्मल शर्मा लगायतका कलाकार एकसाथ पर्दामा देखिएका थिए । त्यसपछिका ‘वडा नं. ६’, ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ पनि लगातार सफल फिल्महरु हुन् ।
    हास्य कलाकार तथा निर्माता किरण केसीले कलाकारहरुको प्रस्तुती र मिहिनेतको कारण चलचित्र सफल हुने हो । बक्स अफिसका अरु चलचित्रले राम्रो गर्न नसक्नुको कारण प्रस्तुती मात्र भन्न मिल्दैन । अस्वस्थ प्रतिस्पर्धाका कारण चलचित्र जुध्ने भएकोले पनि दर्शकलाई कता जाउँ हुन सक्छ ।
    ‘सबैले चलचित्र निर्माणमा उत्तिकै मिहिनेत गरेको हुन्छ । अहिले दर्शकलाई हामी हास्य कलाकारहरुको अभिनयले तानेको छ’ उहाँले थप्नुभयो, ‘हामीले दिने कथा वस्तु दर्शकको रोजाइमा परेको छ त्यसमा धन्यवाद दिन चाहन्छु ।’
    प्रतिक्षित चलचित्र दाल भात तरकारीका निर्माता केसीले हास्य तथा सामाजिक विषयवस्तु समेटिएको चलचित्रलाई पनि दर्शकले माया गर्ने विश्वास गर्नुभयो ।

    रजतपटमा अर्को सफल फिल्म ‘शत्रुगते’ महसञ्चारको ब्यानरमा निर्माण भएको हो, जुन कमेडी जनरामा बनेको थियो । किरण केसीको निर्माणमा बनेको उक्त चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यशोधा श्रेष्ठ, रमिला आचार्य आदिको समेत लगानी रहेको थियो । मह सञ्चारकै ब्यानरमा बनेको चलचित्र ‘दाल भात तरकारी’ आगामी वैशाख १३ गतेबाट प्रर्दशनमा आउँदैछ जुन दर्शकको प्रतिक्षित चलचित्रको रुपमा हेरिन्छ ।

    दीपकराज गिरी, दीपाश्री निरौलाको निर्माण पक्षले निर्माण गरेको चलचित्र कथावस्तु उनीहरुकै वरिपरि घुमिरहेको हुन्छ र अन्य कलाकाररुलाई समाहित गर्दै कमेडी खुराक पस्कदै सामाजिक यथार्थलाई चित्रण गर्ने गर्दछन् । बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रजतपटमा पनि लामो समयदेखि सक्रिय हुनुहुन्छ । छक्का पञ्जा टीम, शत्रुगते टीमलाई दर्शकले सर्बाधिक रुचाउँदै पनि आएका छन् । रजतपटमा टेली सिरियल वा हास्य पृष्ठभूमिबाट उदाएका धेरै कलाकारहरू छन् । अधिकांश कलाकारहरु सानो पर्दाबाट नै ठूलो पर्दामा स्थापित हुन सफल भएका छन् वरिष्ठ कलाकार हरिवंश आचार्यले बताउनुभयो ।

    उहाँले भन्नुभयो, कुनै बेला नेपाली फिल्ममा नायक नायिकासँगै हसाउनका लागि सहायक भूमिकामा रहने गरेका हास्य कलाकारहरुलाई फिल्मका निर्माता तथा निर्देशकदेखि कलाकारहरुले जोकरको उपनाम दिने गर्दथे । आज तीनै हास्य कलाकारहरु फिल्म उद्योग धान्नेसम्म भएका छन् ।

    यसैगरी हास्य टेलिसिरियल टीम ‘भद्रगोल’ पनि चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । उहाँहरु हाल स्क्रिप्टको काममा व्यस्त हुनुहुन्छ । हास्य कलाकार सन्दीप क्षेत्री पनि अमेरिकन ब्वाईज, ‘चङ्गा चेट’ लगायतका धेरै चलचित्रमा अभिनय गर्नुभएको थियो । गोरखापत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…