• नवराज भट्टराई, उर्लाबारी
    उर्लाबारीस्थित सप्तकोशी आवासीय माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान गरेको छ ।
    विद्यालयले सामाजिक क्षेत्रमा योगदान पु¥याएको उच्च मूल्याङ्कन गर्दै नमूना बाल गृहलाई नगद २५ हजारसहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कुशल लिम्बू र विद्यालयका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईले बाल गृहकी अध्यक्ष मीना बराललाई नगदसहित सम्मान गर्नुभएको हो ।

    यस्तै, विद्यालयलाई सहयोग गर्ने लोकबहादुर कार्की, पुन्ना नेपाल, बमबहादुर राई, हर्कबहादुर राई, भैरवबहादुर तामाङ, उमा काफ्ले, यसोदा बस्नेत, पूर्व शिक्षकहरु कमलराज गौतम, गंगा राई, सीमा अधिकारी भट्टराई, दीपेन्द्र घिमिरे, गोपालप्रसाद पाठक, शान्ति तामाङ र सुस्मा खतिवडालाई दोसल्ला ओढाइ सम्मान गरिएको छ ।
    शनिबारको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद लिम्बू, उर्लाबारी–४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाल र संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईले विद्यालयले प्रकाशन गरेको स्मारिका संयुक्त रुपमा विमोचन गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले केलाङ, संगिनी, चण्डी नाच लगायत विभिन्न साँस्कृतिकलगायत अन्य नृत्य, गायन लगायत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा ‘पद्मकला सप्तकोशी साहित्य पुरस्कार’ घोषणा गरिएको छ । संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईका पिता, माता र विद्यालयको नामबाट स्थापना गरिएको उक्त पुरस्कारको राशी २१ हजार नगद रहने र आगामी वर्षदेखि प्रत्येक वर्ष साहित्य क्षेत्रका योगदान पु¥याउने एक जनालाई उक्त पुरस्कृत गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिश्र वैजयन्तीले बताउनुभयो । यस्तै, रजत जयन्ती छात्रवृत्तिको पनि घोषणा गरिएको छ । प्रत्येक कक्षाका दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने र उक्त छात्रवृत्ति पाउने विद्यार्थीले विद्यालयमा निःशुल्क अध्ययनको सुविधा प्राप्त गर्ने विद्यालयले जनाएको छ ।


    दुई दिनसम्म चल्ने रजत महोत्सवमा आइतबार (आज) ज्येष्ठ नागरिक समन्वय केन्द्र, सञ्चार क्लब नेपाल, संस्थापक अभिभावक, पूर्व विद्यार्थीलगायतलाई सम्मान गर्ने तथा विभिन्न पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिश्र वैजयन्ती भट्टराईले जानकारी दिनुभयो । यस्तै, अभिभावकबीचमा सञ्चालित भलिबल, म्युजिक चेयर्स, हण्डी फोर प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो । आज उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम हुने जनाइएको छ ।
    विद्यालय स्थापनाको २५ वर्ष पुगेको संकेतका रुपमा विद्यालयले विभिन्न विधामा विद्यार्थीहरुबाट प्रतिस्पर्धा गराई २५ ताराको छनौट गरेको छ ।

    यस क्षेत्रमै पहिलो अभ्यासका रुपमा रहेको यस प्रकारको कार्यक्रमको सर्वत्र प्रशंसा भएको छ । विद्यार्थीहरुमा पढाइका साथसाथै प्रतिभा प्रस्फुटन गर्ने सुनौलो अवसर विद्यालयले प्रदान गरेको अभिभावकहरुको बुझाई छ । विभिन्न विधामा विद्यार्थीहरुको सहभागिताले प्रतिभा प्रस्फुटन हुने, आत्मविश्वास बढ्ने, सामाजिकीकरणमा सहयोग पुग्ने, सक्रियता बढ्ने भएकाले अन्तर्निहित क्षमताको विकास गर्ने उद्देश्यले २५ तारा छनोट गरिएको अध्यक्ष मिश्र वैजयन्तीले बताउनुभयो । २५ तारालाई आइडलका रुपमा घोषणा गरी आज हुने कार्यक्रममा ताज पहि¥याएर अवार्ड प्रदान गर्ने उहाँले बताउनुभयो ।

    २५ विधामा ४ सय ३२ जना विद्यार्थीले भाग लिएका थिए । जस अन्तर्गत कक्षा नर्सरीका काजल लिम्बू कलरिङ लिटिल स्टार भएका छन् । यस्तै, एलकेजीकी साधना बुढाथोकी हेण्डराइटिङ लिटिल स्टार, युकेजीकी सान्वी दाहाल मेमोरी लिटिल स्टार, कक्षा १ का प्रिन्स न्यौपाने स्पेलिङ लिटिल स्टार, कक्षा २ का सिमान्सी प्याकुरेल बुक रिडिङ लिटिल स्टार, कक्षा ३ का विवेक राई ड्रोइङ लिटिल स्टार, कक्षा १ का साम्युल राई अनुशासनतर्फ र कक्षा नर्सरीकी दृष्टि दाहाल हाइजिङ लिटिल स्टार घोषित भएका छन् ।

    यस्तै, कक्षा ३ का रोमी तामाङ नृत्य र अभय कार्की गायनतर्फ लिटिल स्टार हुन सफल भएका छन् । यसैगरी, वक्तृतामा कक्षा ६ का सिमोन अधिकारी, समाचार वाचनमा कक्षा १० की अस्मिता सुवेदी, अभियनमा कक्षा ५ का अर्विन अधिकारी, उद्घोषणमा कक्षा ९ की प्रतिमा न्यौपाने, गायनमा कक्षा ११ की आश्मा दुलाल, नृत्यमा कक्षा १० की सिम्रन श्रेष्ठ, स्मार्टतर्फ कक्षा ९ की सोमिया सुवेदी, आइक्युमा कक्षा १० का इसान दाहाल र नेपाली छन्द कविता वाचनमा कक्षा ९ की सविना गौतमले उपाधि हात पार्दै स्टार हुन सफल भएका छन् ।

    सप्तकोशीको रजत महोत्सवका कतिपय कार्यक्रम भने गत भदौदेखि नै सञ्चालित थिए । गत भदौ १६ गते एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो र विद्यालयका संस्थापक÷प्रिन्सिपल लेखनाथ भट्टराईले संयुक्त रुपमा लोगो सार्वजनिक गरेसँगै रजत जयन्ती वर्ष सुरु भएको थियो । यस बिचमा पूर्व विद्यार्थी पुनर्मिलन, रक्तदान, चित्रकला प्रदर्शनी, विविध खेलकुद कार्यक्रम सम्पन्न भइसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…