• झापा, फागुन १९ ।झापामा जारी चौथो संस्करणको झापा गोल्डकप फुटवल प्रतियोगितामा आइतबार विभागीय टोली एपीएफ र मोरङ ११ बीच खेल हुँदैछ।

    खेल विर्तावजारस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ बजेदेखि सुरू हुनेछ।

    शसस्त्र प्रहरीको एपिएफले टिम र मोरङ ११ पहिलो पटक आमनेसामने हुन लागेका हुन्। दुवै टिमका प्रशीक्षकले जितको दाबी गरेका छन्।

    तीन जना विदेशी खेलाडी लिएर मैदानमा उत्रन लागेको मोरङ ११ ले जित आफ्नै पक्षमा हुने दाबी गरेको छ। टिमका प्रशिक्षक सन्जिव वुढाथोकीले एपिएपफको मैदान भित्रको रणनीति हेरेर आफ्नो टिमले पनि तत्कालै रणनीति बदल्न सक्ने बताए। ‘उहाँहरुको टिम सेटको हो तर, हाम्रो कलेक्सन टिम हो, प्रशिक्षक वुढाथोकीले भने, ‘तर पनि हामी सहजै जित्छौ।’

    मोरङ ११ बाट किशोर गिरी, विक्रम लिम्वु, सुनिल खड्का, तीर्थ वस्नेत लगायतका अनुभवी खेलाडी खेल्दैछन्।

    यता शसस्त्र प्रहरीको एपिएफले पनि मोरङ ११ लाई सहजै पाखा लगाउँदै अघिल्लो चरणमा जाने दाबी गरेको छ।

    पोखरामै खेलेको टिम सेटलाई झापामा खेलाउने निर्णय गरेको टिमका प्रशिक्षक रत्नकाजी महर्जनले जानकारी दिए। ‘पोखराको सेट झापामा पनि खेल्छ,’ उनले भने, ‘टिमवर्क, अनुशासन र मैदान भित्रको कम्युनिकेसनै जितको आधार हो।’

    एपिएफले आशिष लामा, राजन गुरूङ, कृष्ण श्रेष्ठ विश्वास उदास, राजीव लोक्चन, अमृत चौधरीलगायतका सेट खेलाडी मैदानमा पठाउने भएको छ।

    यसअघि शनिबार पहिलो खेलमा झापा ११ ले पोखराको सहारा फुटवल क्लवलाई २–० गोल अन्तरमा हराउँदै प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…