उर्लाबारी । गुणस्तरीय शिक्षामा अब्बल राष्ट्र निर्माण सेकेण्डरी बोर्डिङ स्कुल रतुवामाई १० ले फागुन २३ गते आफ्नो २१ औं स्थापना तथा अभिभावक दिवस भब्यताका साथ मनाउने भएको छ । विद्यालय परिसरमा विद्यार्थीहरुको बिज्ञानी प्रदर्शनी,फुड फेस्टिवल,नृत्य,गायन तथा नाटक प्रदर्शनी लगायतका विविध कार्यक्रम हुने विद्यालयका प्रिन्सिपल विश्वास ढकालले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन तथा अभिभावकसँग पुर्नमिलनका लागि बर्षेनी राष्ट्रनिर्माणले कार्यक्रम गर्दै आएको छ । विद्यार्थीको कलाप्रतिभालाई विशेष जोड दिने राष्ट्र निर्माण ग्रामिण क्षेत्रबाट नै गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने उदाहरणका रुपमा अभिभावकको मनमा बस्न सफल छ ।