• फागुन १९, मेचीनगर । स्वर्गीय निर्मल राई स्मृति मेचीनगर स्तरीय अन्तर माबि छात्र भलिवल प्रतियोगिताको उपाधिका लागि आयोजक अरुणोदय आवासीय माबि काँकरभिट्टा र होलीबेल ईङ्लिस स्कुल धुलाबारी भिड्ने भएका छन् ।

    आइतवार भएको पहिलो सेमीफाईनल खेलमा इष्ट होराइजन अंग्रेजी माबिलाई २५÷८, २३÷२५ र २५÷१७ को सेटमा हराउँदै हालीबेल धुलाबारिले फाईनलमा स्थान सुरक्षित गरेको हो भने आयोजक अरुणेदय माबिले पशुपति माबि काँकरभिट्टालाई २५÷९, २५÷१३ को सोझो सेटले पराजीत गर्दै होलीबेल संगको उपाधि भिडन्त पक्का गरेको हो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगिरथ राईका बुबा निर्मल राईको स्मृतिमा उक्त प्रतियोगिता गन वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
    फागुन १८ गतेदेखि २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा मेचीनगरका १४ वटा निजी विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १५ हजार, उपविजेताले १० हजार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभरको उत्कृष्ट स्पाइकर, लिफ्टर, डिफेन्स, सरभरलाई ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने खेल संयोजक राजकुमार बिश्वकर्माले जानकारी दिनुभयो । यससंगै फाइनल खेल अघि अरुणोदय आवसीय मावि र पत्रकार टोलीवीचको मैत्रिपुर्ण खेल हुने विद्यालयका प्रिन्सिपल दुर्गा लुइँटेलले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…