• बाहुनडाँगी । सशस्त्र प्रहरीको एपीएफ क्लब झापामा जारी चौंथो संस्करणको झापा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा मोरङ(११ लाई १(० गोल अन्तरले हराउँदै विभागीय टोली एपीएफ क्वाटरफाइनलमा पुगेको हो।
    झापाको विर्तामोडस्थित डोमालाल रंगशालामा आइतबार एपिएफको हरि कार्कीले निर्णायक गोल गरे। उनले पहिलो हाफको इन्जुरी समयमा हेडबाट गोल गर्दै अघिल्लो चरणमा टोलीलाई प्रवेश गराएका हुन्। खेलको म्यानअफ दी म्याच हरि कार्की भए। उनले नगद १५ हजार प्राप्त गरे ।अब एपीएफले सेमिफाईनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ। सोमबारको क्वाटर फाईनलको पहिलो खेल आयोजक झापा ११ र हङकङ नेप्लिज एकेडेमी विच हुने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए।

    यसअघि उद्घाटन खेलमा आयोजक झापा ११ ले जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको थियो।

    प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार तथा उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पाउनेछ।

    यो वर्षको प्रतियोगितामा मस्ट भ्यालुएवल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिने भएको छ। प्रतियोगिताका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षक मध्येका उत्कृष्ठले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

    प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ हजार रुपैयाँ पाउनेछन्।

    अघिल्लो संस्करणमा आर्मीले आयोजक झापा–११ लाई सडनडेथमा ८–७ ले हराएर च्याम्पियन बनेको थियो।

    तस्बिर : विनोद सापकोटा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…