• बाहुनडाँगी, १९ फागुन । नव ज्योति निमावि मेचीनगर ३ बडाखालको ४२ औँ वार्षिकोत्सव आइतवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
    वार्षिकोत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गर्नु भएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले सामुदायिक विद्यालयमा धन सम्पतिका आधारमा धनी हुनु भन्दा पनि शैक्षिक गुणस्तरमा धनी हुनु पर्ने बताउनु भयो । पछिल्लो समय मेचीनगरका सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा बृद्धि गर्दै अब्बल बन्दै गएको बताउँदै मेयर आचार्यले शैक्षिक गुणस्तर राम्रो भएमा विद्यार्थी स्वत बढ्ने र आवश्यक संरचना पनि उपलब्ध हुने बताउनु भयो ।

    कार्यक्तमका प्रमुख अतिथि समेत रहनु भएका मेयर आचार्यले शिक्षाबाट बञ्चित बालबालिकाको भर्नाका लागि जुनसुकै समयमा पनि विद्यालयमा आएर पढ्न पाउने वातावरण हुनु पर्ने र तयसका लागि नगरपालिकाले समेत शिक्षामा विशेष योजना ल्याएको बताउनु भयो । मेयर आचार्यले नव ज्योति आधारभूतले पछिल्लो समय आफुलाई अब्बल रुपमा शैक्षिक विकास गर्दै आएकोले यसलाई निरन्तरता दिएर आम अभिभावकको मन जित्न आग्रह गर्नु भयो । उहाँले शिक्षक एक्लो प्रयासले मात्र शिक्षाको विकास नहुने बताउँदै शैक्षिक विकासमा आम अभिभावक, स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिलगायतको विशेष भूमिका रहनु पर्ने बताउनु भयो ।
    कार्यक्रमका विशेष अतिथि नगर शिक्षा शाखाका प्रमुख उद्धव विष्टले कुनै समय जिल्लाको शैक्षिक क्षेत्रमा परिचित रहेको नव ज्योति केही समय भने जस्तो शैक्षिक विकास गर्न नसके पनि पछिललो समय निरन्तर अब्बल बन्दै आएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले पढ्ने विद्यार्थीलाई पढाईमा अग्रसर गराउने र नपढ्ने विद्यार्थीलाई जुन क्षेत्रमा अब्बल हुन्छ त्यहि क्षेत्रमा लाग्नका लागि अभिभावकले उत्प्रेरित गर्नु पर्ने सुझाव दिनु भयो ।
    वार्षिकोत्सवको अवसर पारेर विद्यालयलाई योगदान दिने विभिन्न व्यक्तिहश्रलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा विद्यालयका संस्थापक प्रधानाध्यापक अकलसिंह अधिकारी, अक्षयकोष स्थापना गर्ने दाताहरु पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक थापा, पूर्व शिक्षक चन्द्रबहादुर बस्नेत, इन्द्रकला राउत, उमादेवी दाहाल, शिक्षक अम्बिका गिरी र भगवति प्रधान रहनु भएको छ । उहाँहरुले विद्यालयमा विभिन्न शिर्षकमा २ लाख ५० हजार बराबरको अक्षयकोषको स्थापना गर्नु भएको छ । सबै अक्षयकोष वार्षिकोत्सवमा घोषणा गरिएको हो ।
    यसैगरी वार्षिकोत्सवमा आर्थिक सहयोग गर्ने पोषककुमार दर्जी, भीमबहादुर श्रेष्ठ, गम्भिरध्वज थापा, चन्द्रबहादुर तामाङ, लिला खनाल, खड्गबहादुर धिमाललाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो । साथै सोही कार्यक्रममा शैक्षिक सत्र २०७४ मा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो ।
    कार्यक्रममा विद्यालयले छिमेकी विद्यालयहरुबीच प्रतिस्पर्धात्मक नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । साथै विद्यालयका विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरेका थिए भने कक्षा नर्सरी र युकेजीका नानीहरुले राइम्स र फेशन शो गरेका थिए ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन रायाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेत, मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल, छिमेकी विद्यालयका प्रधानाध्यापक, स्थानीय संघ संस्थाका विभिन्न व्यक्ति तथा अभिभावकहरुको उल्लेखिय सहभागिता रहेको थियो ।
    विद्यालयका प्रधानाध्यापक सोमबहादुर आचार्यले स्वागत तथा विद्यालयको अवस्थाको बारेमा जानकारी गराउनु भएको कार्यक्रमको सञ्चालन शिक्षक धनराज भण्डारीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…