• उर्लाबारी, /मोरङको उर्लाबारीस्थित सप्तकोशी अंग्रेजी आवासीय माध्यमिक विद्यालयको रजत जयन्ती उत्कृष्ठ २५ तारालाई पुरस्कृत गर्दै आइतबार सम्पन्न भएको छ ।
    रजत जयन्तीको अवसरमा सञ्चालित गायन, नृत्य, चित्रकला, हाते लेखन, स्मरण शक्ति, हिज्जे, पुस्तक पाठ, अनुशासन, वक्तृत्वकला, समाचारवाचन, अभिनय, फोटोग्राफी, भिडियोग्राफी, कविता, एथलेटिक्सलगायतका विधामा उत्कृष्ठ विद्यार्थी छनौट गरी प्रत्येक विधामा तारा घोषणा गरिएको थियो । उनीहरुलाई रजत जयन्ती समापन कार्यक्रममा पुरस्कृत गरिएको हो ।

    रजत जयन्ती समापन कार्यक्रममा पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाल र ज्येष्ठ नागरिक समन्वय समिति उर्लाबारीलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । यस विद्यालयले रजय जयन्तीको अवसरमा तीनवटा सामाजिक संस्थालाई नगदसहित सम्मान गर्ने निर्णय गरेकोमा नमुना बाल गृह अनाथ आश्रामलाई अघिल्लो दिन नै नगद तथा सम्मानपत्र प्रदान गरेको थियो ।

    सोही अवसरमा स्थानीय ग्लोबल युवा क्लब, मंगलबारे युवा क्लब, विद्यालयका प्रथम अभिभावक, पूर्व संस्थापक, पूर्व व्यवस्थापन समितिका पदाधिकारीलगायतलाई पनि सम्मान गरिएको थियो ।
    समापन कार्यक्रमकी प्रमुख अतिथि उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र समाजको सहयोगबाट मात्रै कुनैपनि विद्यालय सफल हुने विचार व्यक्त गरिन् । नगरपालिकाका शिक्षा समितिका सदस्य विमल निरौलाले यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेकाले अभिभावक, विद्यार्थी र समाजको विश्वास जितेको राय व्यक्त गरे । समाजसेवी शोभा चेम्जोङ पालुङ्वाले गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयहरुमध्ये यस विद्यालय पनि एक हो भन्दै सो विद्यालयको प्रशंसा गरिन् ।

    त्यस अवसरमा बिभिन्न जातजातिका मौलिक नृत्यहरु समेत प्रदर्शन गरिएको थियो । जातजातीका मौलिक संस्कृति संरक्षण र विकासमा सहयोग पुर्याउने उद्देश्यले यस किसिमको नृत्य प्रदर्शन गरिएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष वैजयन्ती मिश्रले बताइन् । त्यस अवसरमा विद्यार्थीहरुले मार्शल आर्ट्श समेत प्रदर्शन गरेका थिए । विद्यालयका संस्थापक प्रिन्सीपल लेखनाथ भट्टराईको अध्यक्षतामा रजत जयन्ती समापन कार्यक्रम सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…