• उर्लाबारी। मोरङको उर्लाबारीमा स्थापित सप्तकोशी आवासीय माध्यमिक विद्यालयले रजत महोत्सवको अवसरमा सञ्चार क्लब नेपाल उर्लाबारीलाई सम्मान गरेको छ ।
    विद्यालयले सामाजिक क्षेत्रमा योगदान पु¥याएको उच्च मूल्यांकन गर्दै पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब, नेपाल उर्लाबारी, नमूना बाल गृह उर्लाबारी र जेष्ठ नागरिक एकता समन्वय केन्द्रलाई नगद २५ हजारसहित सम्मान गएिको हो ।

    क्लबका अध्यक्ष सरोज बस्नेत र केन्द्रका अध्यक्ष गंगाप्रसाद चाँपागाईलाई कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवी भण्डारी र बिद्यालयका संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले सम्मान पत्र र नगदले सम्मान गरेका छन् । त्यस्तै, नमूना बाल गृह उर्लाबारीकी अध्यक्ष मिना बराललाई शनिबार सम्मान गरिएको थियो ।
    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिश्र वैजयन्तीले संस्थालाई प्रदान गरिएको रकम संस्थाकै हितमा खर्च हुने र आगामी दिनमा पनि सामाजिक क्षेत्रमा थप योगदान पुर्याउन सकोस् भनेर शूभकामना दिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…