• साहित्यिक चौतारी नेपालले अाफ्नो पाँचौं वार्षिकोत्सब हिजो २०७५ फागुन १८ गते शनिबार काठमाडौं कमलादी नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य रुपमा सम्पन्न गरेको छ। संस्थाको दोस्रो मुखपत्र मुक्तक विशेषाङ्क 'चौतारी ' सँगै इजरायलका नारी स्रष्टाको संयुक्त संग्रह 'नारी स्पन्दन' समेत विमोचन भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पुर्व शिक्षा मन्त्री एवम् वरिष्ठ साहित्यकार प्रदीप नेपाल हुनुहुन्थ्यो। करिब दुई सय स्रष्टाको उपस्थितिले खचाखच भरिएको हलमा साहित्यिक चौतारी नेपालका एकार शाखाका प्रतिनिधित्व गर्दै चार मुक्तककारले प्रतिनिधि वाचन गर्नुभएको थियो भने अन्य झण्डै डेड दर्जन स्रष्टाका सिर्जना पनि वाचन भएका थिए। प्रदेश नम्बर एक दुई र तिनको प्रतिनिधित्व गर्दै चितवनकी अम्बिका कार्की 'अमु' प्रदेश नम्बर चार र पाँचको प्रतिनिधित्व गर्दै पाल्पाका गोम विक्रम , प्रदेश नम्बर छ र सातको प्रतिनिधित्व गर्दै सुर्खेतका लोकेन्द्र पथ्थर तथा विदेशका शाखाको प्रतिनिधित्व गर्दै डिल्ली प्रसाद छत्कुली 'भावुक'ले मुक्तक वाचन गर्नुभएको थियो ।



    कार्यक्रममा नेपाली साहित्यको विकास र विस्तारमा योगदान पुर्‍याउने तीन अग्रज स्रष्टाहरू सुधीर ख्वबि , रामगोपाल अाशुतोष र दीप्स शाहलाई साहित्यिक चौतारी नेपालले सम्मान गरेको थियो। संस्थाकि महासचिव गीता भण्डारीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष सरु बस्नेतले गर्नु भएको थियो भने प्रमुख अतिथिले अाफ्नो ठाउँबाट बोल्दै नेपाली साहित्यमा अहिलेका युवा पुस्ताको जागरुकता देखेर खुसी लागेको बताउनु भएको थियो चौतारीको यात्रा सही बाटोमा भएको र सहयोगको अावस्यकता परे अाफुले गर्ने वचनबद्दता जनाउदै प्रगतिको शुभकामना दिनु भएको थियो ।अतिथिका तर्फबाट शुभकामना मन्तव्य दिने क्रममा हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा अग्रज साहित्यिक अभियन्ता पुष्प अधिकारी अन्जलीले पनि चौतारीका अनुकरणीय कामको प्रशंसा गर्दै अध्यक्ष तथा चौतारी परिवारलाई सफल अागामी यात्राको शुभकामना दिनु भएको थियो ।



    कार्यक्रममा विमोचित दुई कृति मुक्तक विशेषाङ्क 'चौतारी'को डाक्टर भागवत अाचार्य तथा 'नारी स्पन्दन'को लागि अग्रज मुक्तककार तथा समिक्षक ज्ञानु अधिकारीले समीक्षा गर्नु भएको थियो । कार्यक्रमको समापन गर्नु अगाडि बोल्दै कार्यक्रमकि सभापति तथा साहित्यिक चौतारी नेपालकि संरक्षक तथा प्रमुख सल्लाहकार सावित्रा लुइँटेल घिमिरेले कार्यक्रम सफल बनाउन जुट्ने सहकर्मी उपस्थित जन तथा कृतिको स्वरुप निर्धारण गर्न सिर्जना पठाउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियोे । कार्यक्रममा यसअघि नै सम्पन्न भएका फरकफरक तीन कार्यक्रमका पुरस्कार तथा प्रमाणपत्र , प्रतिनिधि मुक्तक वाचकलाई कदरपत्र तथा संस्थागत गीत गाउने गायक गायिकाद्वय हरि लुईटेल र सुनितामी परियारलाई खादा तथा प्रशंसापत्रले सम्मान गरिएको थियोे कार्यक्रममा उद्घाटन साहित्यिक चौतारी नेपालको संस्थागत गीत बजाउनुका साथै दीप प्रज्ज्वलन गरेर गरिएको थियोे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…