उर्लाबारी। मोरङको उर्लाबारी–७ को पशुपति आमाबिले नमूना बाल गृहलाई खाद्यान्य सहयोग गरेको छ ।
एक दिवसीय फुड फेस्टीवलसहितको बृहत सांस्कृतिक कार्यक्रमबाट बचत भएको रकमबाट कक्षा ९ का विद्यार्थीहरुले आइतबार उर्लाबारी–७ स्थित गृहलाई खाद्य सामानहरु प्रदान गरेका हुन् । चाउचाउ, भुजिया,दाल, विष्कुटलगायत खाद्य सामानहरु प्रदान गरिएको शिक्षक भूपाल काफ्लेले जानकारी दिए ।
विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व बन्न प्रेरित गराउने उद्देश्यले नमूना गृहमा खाद्य सामानहरु प्रदान कार्यक्रम गरिएको विद्यालयकी संयोजक सविना कार्कीले बताइन् । उनले आगामी दिनमा पनि सामाजिक सेवा अन्तरगतका कार्यक्रमहरु विद्यालयले गर्ने जानकारी दिइन् ।