• उदयपुर फागुन २०
    ऐतिहासिक उदयपुरगढिमा नेपाली सेनाले झण्डोतल्लन गर्दै सेना दिवश मनाएको छ, महाशिवरात्रीको दिनलाई नेपाली सेनाले सेना दिवशको रुपमा मनाउदै आएको छ । उदयपुरमा रहेको रणसाद्रुल गणले उदयपुरगढि सरसफाई संगै झण्डोतल्लन गरेको हो ।
    पृथ्वीनारायण शाहले नेपाल एककीकरण गर्दाको अभियानमा उदयपुरगढी राज्य कब्जा गर्दै पूर्व नेपालमा एकीकरण सुरुवात गरेको इतिहाँसत छ । नेपाली सेनाले देशभरका ऐतिहासिक गढिहरुलाई संरक्षण गर्ने अभियान अन्तर्गत उदयपुरगढिको ऐतिहासिक महत्व र संरक्षणको काम नेपाली सेनाले सुरुवात गरेको नेपाली सेना १८ नम्बर बाहिनी भुल्केका बाहिनीपति हिमांसु खड्काले बताउनु भयो । सम्पदाहरुको संरक्षण गर्न जरुरी रहेकाले त्यसको संरक्षण भए मात्र गर्वका साथ नेपाली भन्न सकिने उहाँको भनाई थियो । नेपाली सेनाले पनि उदयपुरगढिको क्षेत्रमा गर्न सकिने सहयोग गर्ने बताउनु भयो ।

    सोमबार एक कार्यक्रमका विच नेपाली सेनाका १८ नम्बर बाहिनीपति हिंमासु खड्का, उदयपुरगढि गाउँपालिकाका प्रमुख मानबहादुर केप्छाकीमगर, लिम्चुङबुङ गाउँपालिकाका प्रमुख मेजर कुमार राईले संयुक्त रुपमा झण्डोतल्लन गर्नु भएको हो। कार्यक्रममा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुरमा राईले प्रदेश १ को ऐतिहासिक स्थान उदयपुरगढी भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनु भयो, उहाँले नेपाली सेनाले जुन हिसाबले ऐतिहासिक स्थलको संरक्षणको प्रयास गरेको छ त्यसमा स्थानिय सरकार र स्थानियले पनि सहकार्य गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले नेपाली सेनाको ऐतिहासिक पृष्ठभुमी रहेको र देश एकिकरण संगै कसैकोको पनि उपनिवेश हुने स्थितीबाट नेपाली सेनाले देशको पहरेदारी गरेको बताउनु भयो, राईले विकास भनेको स्थानिय सरकार एक्लैले गरेर नहुने भएकाले यसमा सबैको भुमिका उत्तिकै रहेको बताउनु भयो ।

    उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले एतिहासिक स्थल उदयपुरगढी नेपाल सरकारको १ सय १ पर्यटकीय गन्तव्यमा परेको बताए । ‘धार्मिक, प्रकृति तथा ऐतिहासिक रुपमा उदयपुरगढी चितपरित छ’, उनले भने, ‘यस गढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहका सरकार लागि परेका छौं।’ यस्तो उदयपुरगढीको इतिहास समुन्द्री सतहबाट करिब १३ सय मिटरको उचाइमा अवस्थित छ । भौगोलिक रुपले केही बिकट भएता पनि प्रकृति रुपले रमणीय छ । नेपाली सेनाको रणसाद्रुल गणले यस अघि उदयपुरको चौदण्डिगढिमा पनि सरसफाई संगै झण्डोतल्लन गर्ने काम गरिएको गणपती भैरव थापाले जानकारी दिनु भयो ।

    नेपाली सेनालको देशभरका विभिन्न गढिहरुको संरक्षण तथा संबद्र्धन गर्ने क्रममा उदयपुरका दुई गढिको संरक्षण संगै झण्डोल्लन गर्ने काम गरिएको रणसाद्रुल गणका सेनानी अम्मर बुढाथोकीले बताउनु भयो ।
    स्थानीय बुद्धिजीवी बोधकुमार घिमिरेका अनुसार उदयपुर जिल्लाको नामकरणदेखि सदरमुकाम सम्मको इतिहास उदयपुरगढीसँग जोडिएको छ । ‘झण्डै ५० दशकपछि सदरमुकाम रहेको ठाउँ हो,’ उनले भने, ‘स्थानीय तहको पुनस् संरचनाले पुरानो सदरमुकाम रहेको पञ्चावती १ उदयपुरगढी र हाल उदयपुरगढी ५ मा गाउँपालिकाको केन्द्र अर्थात सदरमुकाम नै आइपुगेको छ।’ उनका अनुसार राजा उदयसिंह नामका सेन वंश राजाले राज्य गरेको स्थान हो। पछि पृथ्वीनारायण शाहले आक्रमण गरेपछि उदयपुरगढी राज्य गोर्खा राज्यमा समावेश भएर अहिलेको नेपाल भएको हो। राजा उदय सेनको बारेमा जिल्लाका विभिन्न विद्वानको विभिन्न धाराणहरू सुन्न पाइन्छ।

    प्रध्यापक डाक्टर सोमप्रसाद खतिवडाका अनुसार इसं. १३२४ तिर मिथिलाको तिरहुते राज्य पतन भएको हुनाले त्यसको केही समयपछि उदयपुर गढी स्थापना भएको हो। ‘उदयपुरगढी सँस्कृति र पुरातात्विक हिसावले भरिपूर्ण छ’, उनले भने, ‘त्यसको लागि राज्यले ध्यान दिन जरुरी छ।’ पृथ्वीनारायण शाहका फौजले १६ जुलाई सन् १७७३ मा उदयपुरको चौदण्डी गढीमाथि आक्रमण गरेका हुन्। त्यसको ठीक दुई दिनपछि १८ जुलाईमा उदयपुरगढी आक्रमण गरी पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरुप सिंह कार्की, अभिमान सिंह बस्नेत लगायतले उदयपुरगढीमा आक्रमण गरेका थिए।

    पछि तिनै उदय राजाको नामबाट उदयपुरको नाम रहन गएको बताइन्छ। वि.स. २०२८ सालभन्दा अगाडि उदयपुर जिल्लाको सदरमुकाम हालको पञ्चावती गाविसमा पर्ने त्यही उदयपुरगढीमा थियो। २०२८ सालबाट यता सदरमुकाम गाइघाटमा सारिएको हो। पृथ्वी नारायण शाहाको नेपाली एककरणको इतिहासमा पनि उदयपुरगढीलाई लिने गरेको जानकारहरू बताउँछन्। संरक्षणको अभवामा भग्नावशेष मात्र रहेको उदयपुरगढी अहिले जंगलमा परिमण भएको छ। त्यही गढीमा नेपाली सेनाले भण्डा गाडेपछि स्थानीय सरकारले पनि संरक्षणमा चासो देखाउने स्थानीय बताउँछन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…