• विराटनगर, २० फागुन : प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

    विराटनगर–७ मा निर्माण गरिएको ‘सेन्टर मल’को आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले उद्यमी व्यापारीको लगानीको सुरक्षा सरकारले गर्ने विश्वास दिलाउनुभयो । निजी क्षेत्रलाई उद्योग, व्यापार तथा पूर्वाधार क्षेत्रमा लगानी गरी नागरिकका लागि रोजगारी सिर्जना गर्न उहाँले आग्रह गर्नुभयो । मुुख्यमन्त्री राईले विद्युत्को निरन्तरता, बाटोघाटोको सुविधा तथा विकासका ठूलाठूला पूर्वाधार निर्माण भइरहेको अहिलेको अवस्थामा निजी क्षेत्रले मुलुकको व्यापार घाटा नियन्त्रण गर्न लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

    सेन्ट्रल मलका निर्देशक प्रकास मुुन्दडाले विराटनगरमा लगानीको वातावरण बन्न थालेको बताउनुभयो । विराटनगर मेनरोडमा रु एक अर्बको लागतमा निर्माण गरिएको सो मलमा १०४ पसल छ भने ३०० भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । मलमा सुुविधा सम्पन्न बजारका साथै अत्याधुनिक चलचित्र घरसमेत रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…