• फागुन १९, मेचीनगर । स्वर्गीय निर्मल राई स्मृति मेचीनगर स्तरीय अन्तर माबि छात्र भलिवल प्रतियोगितामा होलीबेल ईङ्लिस स्कुल धुलाबारी च्याम्पियन बनेको छ । सोमवार भएको फाइनल खेलमा आयोजक अरुणेदय आवासीय माबि काँकरभिट्टालाई २५÷२१, २५÷२०, २७÷२९ र २५÷१९ को सेटमा पराजित गर्दै होलीबेलले उपाधिमाथि कब्जा जमाएको हो । उपाधि संगै होलीबेलले नगद रु १५ हजार, हात पार्न सफल भयो भने उपबिजेत बनेको अरुणोदयले नगद रु १० हजारमा चित्त बुझायो ।
    त्यस्तै प्रतियोगिताको उत्कृष्ट स्पाईकर, डिफेन्स, र लिफ्टरको उपाधि बिजेता होलीबेलका क्रमशः योगेन श्रेष्ठ, प्रभु प्रधान र अंशुहाङ् लिम्बु घोषित भए । त्यस्तै उत्कृष्ट सरभर आयोजक अरुणोदयका राहुल अधिकारि घोषित भए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि घोषित हुदै आयोजक अरुणेदयका सञ्जित सरदारले नगद रु २ हजार तथा ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्तगरे ।
    विजेतालाई प्रमुख अतिथि मेचीनगर नगर प्रमुख बिमल आचार्य, बिशेष अतिथि मेचीनगर उपप्रमुख मिना पोख्रेल उप्रती, अतिथिहरु प्राज्ञ सभा सदस्य शुभद्रा भट्टराई, एग्रिकल्चर एलायन्सका केन्द्रिय अध्यक्ष दुर्गा सापकोटा लगायत, झापा जिल्ला खेलकुद समिति पुर्व अध्यक्ष गणेश बिक्रम नेम्बाङले पुरस्कार बितरण गर्नुभएको थियो ।
    कार्यक्रमा प्रमुख अतिथि आचार्य, बिशेष अतिथि उप प्रमुख उप्रेति, अतिथिहरु सापकोटा, नेम्बाङ लगमयतले बोल्नुभएको थियो । बिद्यालय सञ्चालक समिति अध्यक्ष भगिरथ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य प्रद्यानाध्यापक दुर्गाबहादुर लुईटेल र सञ्चालन सहप्रद्यानाध्यापक जीआर धितालले गनूभएको थियो ।
    यस्तै आजै भएको पत्रकार र अरुणेदय शिक्षक टिम बिचको मैत्रीपुर्ण भलिबल खेलमा अरुणोदय शिक्षक टिम बिजयी भएको छ । पत्रकार टिमलाई १८÷२५, २५÷१७ र २५÷१९ को सेटमा शिक्षक टिमले पराजित ग¥यो ।
    फागुन १८ गतेदेखि २० गते सम्म सञ्चालित प्रतियोगितामा मेचीनगरका १४ वटा निजी विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा जिल्ला भलिबल संगको प्राबिधिक सहयोग रहेको खेल संयोजक राजकुमार बिश्वकर्माले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…