• काठमाडौं, फागुन २०

    अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।

    राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप समेत भएको थियो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो । पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो । सोमबार पनि शिक्षकहरु निषेधित क्षेत्र तोड्ने तयारीका साथ आएका थिए भने प्रहरीले पानीको ट्यांकर र अश्रुग्यासको सेलसहित आएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…