• पथरी । गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ नेपाली कथानक चलचित्र ’पुरानो बुलेट’को पथरीमा च्यारिटी शो गरिएको छ ।
    मोरङको पथरी शनिश्चरेस्थित कञ्चन चलचित्र मन्दिरमा च्यारिटी सो गरिएको हो । क्रेजी इन्टरटेनमेन्ट प्रा।लि।को व्यानरमा पथरीका ५ जना युवाहरु मिलेर निर्माण गरिएको ‘पुरानो बुलेट’को च्यारिटी शोमा चलचित्रका नायक अनुप विक्रम शाही, नायिका माला लिम्बु र निर्देशक भीषण राईको उपस्थित हुनुभएको थियो । कथा पटकथा लेखनमा निर्देशक भीषण राईले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् ।

     

    सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन रतयार फिल्म ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न भएको छ । पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई पथरीमा दर्शकले रुचाएका छन् । उनीहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् । नायक अनुपबिक्रम र मालाले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि फिल्मबाट निक्कै उत्साहित भएको प्रतिक्रिया  दिएका छन् । । चलत्रित्रका कार्यकारी निर्माता सन्तोष राईले फिल्म हेरिदिन आग्रह गर्दै फिल्मले मन जित्ने कुरामा विश्वत रहेको बताए ।

    फिल्मको प्रस्तुती, कलाकारहरुको अभिनय सबै पाटोलाई दर्शकले रुचाए, निर्देशक भिषण राईले भने,‘नेपाली मौलिकता बोलेको यो प्रकारको फिल्म प्रर्दशन गर्न पाउँदा खुशी छौँ ।

    प्रिमियरमा फिल्म हेर्ने दर्शकको प्रतिक्रियाले यसै फिल्मबाट निर्देशनमा पाइला चालेका भीषणलाई नेपाली फिल्म क्षेत्रको उदाउँदो नक्षत्रको रुपमा उभ्याएको छ ।

    यो फिल्म नेपालमा भने आगामी चैत्र १ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

    https://www.youtube.com/watch?v=oWaQNX9H3Z0

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…