• बाहुनडाँगी । दमक जेसीजको संयोजन तथा आतिथ्यतामा एक दिने लोम अफिसर ट्रेनिङ सेमिनार सम्पन्न भएको छ ।
    दमकमा भएको प्रशिक्षणमा दमक जेसीज, गौरादह जेसीज, कमलनगर जेसीज, उर्लाबारी जेसीज र शिवसताक्षी जेसीजको संयुक्त आयोजना रहेको थियो । नेपाल जेसीजका ट्रेनर जेसीआर्य सिनेटर राजाबाबु शाहले प्रशिक्षण दिनु भएको थियो । बोर्डका पदाधिकारीहरुलाई दिइएको उक्त प्रशिक्षणमा ५८ जनाको सहभागिता रहेको थियो ।
    दमक जेसीज वर्ष २०१९ का अध्यक्ष भीमराज केसीको अध्यक्षता तथा नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर प्रकाश प्रसा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्ष गोविन्द कट्टेल र सन्तोष अधिकारी,गौरादह जेसीजका निवर्तमान अध्यक्ष राजु घिमिरे, कमलनगर जेसीजका अध्यक्ष शेखर न्यौपाने, गौरादह जेसीजका माधव कोइराला, उर्लावारी जेसीजका अध्यक्ष विनोद ओलीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    दमक जेसीजका तालिम निर्देशक रमेश लुइँटेलले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव सुयोग खरेल र गौरादहका महासचिव विनिता कटुवालले सयुक्त रुपमा गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…