• बाहुनडाँगी । कोहोलपुर जेसीज वर्ष २०१९ की अध्यक्ष संगीता पौडेलको यो वर्षको जन्मदिन पृथक रहयो । अघिल्लो वर्षदेखि जन्मदिनमा विषेश रुपमा सामाजिक सेवामा समर्पिति रहेर आफ्नो जन्मदिन मनाउँदै आउनु भएको अध्यक्ष पौडेलले यो वर्ष नेपालगञ्जमा रहेको बृद्धआश्रममा न्यानो कपडा वितरण गरेर फरक रुपमा मनाउनु भएको हो । गत वर्ष पनि दृष्टिबिहिन बालबालिकाहरुसँग रहेर जन्मदिनु मनाउनु भएको थियो । उहाँले नेपालगञ्जमा रहेको निलसागर शिव पार्वती बुबा मुमा आश्रमका ५ थान ब्ल्यााङकेटका साथै फलफुल वितरण गर्नु भएको थियो ।

    साथै अध्यक्ष पौडेलले बृद्ध आमा बुबाहरुसँग आशिर्वादका रुपमा टिका ग्रहण गर्नु भएको थियो । यसैगरी अध्यक्ष पौडेलले त्रिभूवन माविमा रहेका दृष्टिबिहिन बालबालिकालाई एकदिनको भोजन गाउनु भयो । अध्यक्ष पौडेलले आफ्नो जन्मदिन फरक अनुभूतिका साथ मनाउने अवसर पाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले आफ्नो जन्मदिनलाई विशेष रुपमा मनाउने अवसर प्रदान गर्ने कोहोलपुर जेसीजप्रति आभार व्यक्त गर्नु भयो । कोहोलपुर उद्योग बाणिज्य संघकी सदस्य समेत रहनु भएकी पौडेल यस क्षेत्रकी युवा व्यवसायी तथा युवा नेतृका रुपमा परिचिरत हुनुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…