काठमाडौँ – राम्रो अभिनय गर्ने अभिनेत्रीका रूपमा स्थापित निरुता सिंह झन्डै आठ वर्षको विश्रामपछि पुनः अभिनयमा फर्किएकी छन्। साप्ताहिकमा खबर छापिएको छ ।
सिंगलबाट मिंगल हुने बेला भएन र ?
बेला नभएको कहाँ हो र, उल्टो बित्न पो लाग्यो त।
अनि विवाहका लागि किन ढिलाइ त ?
लौन, एउटा राम्रो ज्वाइँ खोजिदिनुस् न, मत विवाहका लागि तयारै छु, भनेजस्तो वर नभेटेर पो।
कस्तो वर खोज्नुभएको हो ?
म र मेरो कर्मलाई बुझ्ने, मलाई माया गर्ने, समझदार। धन–सम्पत्तिभन्दा मन ठूलो भएको व्यक्ति खोजको, अहिलेसम्म फेला पार्न सकिएको छैन।
अबको योजना के छ ?
केही दिनपछि पुनः मुम्बई फर्किनेछु। बुबाको मुटुमा समस्या भएकाले उहाँ उपचारमै हुनुहुन्छ। उहाँकै हेरचाहमा सक्रिय हुनेछु। काठमाडौंमा राम्रो प्रोजेक्ट पाएँ भने पुनः यता आएर काम गर्नेछु।