• धनुषा । धनुषाको सहिदनगर नगरपालिका वडानम्बर ३ यदुकोहास्थित महराटोल बस्ने दलित समुदायकी २० वर्षीया युवती स्वयंवर गरेको बेहुलालाई छाडेर प्रेमीसँग भागेकी छन् । इच्छाविपरित विवाह हुन लागेपछि विवाहस्थलबाटै भागेकी हुन् ।

    आइतबार विवाहका लागि धनुषाको सबैलाबाट बेहुलासहित जन्ती बेहुलीको घरमा आईपुगेको थियो । हिन्दुपरम्परा अनुसार विवाहको विधि शुरु हुनुपूर्व नै अन्दाजी राति १ बजे स्वयम्बर सम्पन्न गरिएको थियो । तर स्वयम्बर लगत्तै बेहुली बेहुला, परिवारजन तथा जन्तीको समेत आँखा छलेर भागेको इलाका प्रहरी कार्यालय यदुकाहाले जनाएको छ ।

    इप्रका यदुकाहाका प्रहरी निरीक्षक भीम खड्काले बेहुली भगाउन सोही टोलका केही व्यक्तिहरुले सहयोग गरेका थिए । बेहुली फरार भएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । यस्तो अनौठो घटना धनुषामै पहिलोपटक भएको बताइएको छ । प्रहरीले बेहुला र बेहुली दुवैको नाम गोप्य राखेको छ ।

    बेहुली स्वयम्बरपछि अर्कै केटासँग भागेपछि गाउँमा खैलाबैला मच्चिएको छ । विवाहका लागि आएका बेहुला र जन्ती समेत अन्योलमा परेका छन् । अहिले सो गाउँमा बेहुला पक्ष र बेहुली पक्षवीच छलफल भइरहेको छ । स्थानीयका अनुसार भाग्ने बेहुलीको इनरबा टोलका एक युवकसँग प्रेमसम्बन्ध रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…