• कुमार खड्का फागुन २१,पथरी
    मोरङको पथरीमा आगामी फागुन २३ गते स्प्राइट व्याण्ड च्यालेन्जको विजेता लोकप्रिय व्याण्ड अनुप्रस्थ पथरी आउने भएको छ ।
    लागू औषध दुव्र्यसन बिरुद्द कार्य गरिरहेको अलाइभ फाउन्डेसन नेपालको मुख्य आयोजना तथा द रियल ब्रर्दश सोसियल ईभेन्टको सह आयोजनमा सो साँगितति साझ हुन लागेको हो ।

    दुवै सस्थाको संयुक्त आयोजनामा तय गरिएको सो कार्यक्रले साँगितीक प्रस्तुतिको माध्याम वाट समाजको वढ्दो लागुपदार्थ दुव्र्यसन लाई घटाई सभ्य र र्सिजनशिल समाज निर्माणमा सहयोग पु¥याउन मद्दत गर्ने फाउनडेसनका अध्यक्ष विपिन गुरुङले वताए ।
    कार्यक्रमको माध्याम वाट नशा विनको मानव जिवन सुन्दर हुन्छ भन्ने मुल सन्देश दिन खोजिएको गुरुङको भनाई रहेको छ ।
    say to no drugs ( लागू औषध लाई नाई भन) मुल नाराको साथमा लागू औषध दुर्व्यसन बिरुद्द सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको संस्थाले नशा बिनाको जीवन सुन्दर रहने संदेश सांगीतिक कार्यक्रमले दिने कार्यक्रम संयोजक भरत राईको भनाई रहेको छ ।
    नाच न मैच्याङ्ग नेपाल टुर अन्तर्गत सो ब्याण्ड २३ गते बिहिवार पथरी आउने भएको हो।
    पथरीशनिश्चरे २ मा रहेको सिन भिलेज पार्टी प्यालेसमा हुने कार्यक्रममा अनुप्रस्थको अलावा स्थानिय गायक रविन कङ्दङ्वा, गायक तथा संगितकार देव गुरुङ्ग लगायतको समेत प्रस्तुति रहने अर्का संयोजक रोशन मादेम्वाले बताए।
    कार्यक्रमबाट संकलित रकम दुर्व्यसनमा फसेर आर्थिक अभावमा सुधार गृह जान नसकेका युवायुवतीलाई सुधार गृहमा गइ नयाँ जीवन दिनमा खर्च गरिनुका साथै लागुऔषध दुर्व्यसन बिरुद्द सचेतना मुलक कार्यमा खर्च गरिने आयोजकले आईतवार सिन भिलेज पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।
    फागुन २३ गते हुने सो कार्यक्रममा करिव ४ लाख रुपैयाँ खर्च हुने फाउनडेसनका कोषाध्यक्ष मधु कार्कीले वताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…