• कुमार खड्का फागुन २१, पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा चलिरहेको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यको छैठौँ दिन सम्म आईपुग्दा ३८ हजार ४ सय २७ ले औषधी सेवन गरेको तथ्याङक प्राप्त भएको छ ।


    नगरपालिको प्रमुख दिलिप कुमार राईको विशेष सक्रियतामा थालिएको सो अभियानको पूर्व घोषीत कार्यक्रम अन्र्तगत मंगलवार वाट अभियानको समय सिमा समाप्त हुदै छ ।
    अभियान अन्र्तगको आज अन्तिम दिन नगर क्षेत्रमा एक चरण संचालन गरिएको विध्यालय लक्षित कार्यक्रममा छुटेका विध्यालयहरुमा मंगलवार पुनः अभियान सञ्चालन गरि औषधी खुवाउने कार्यक्रम रहेको नगर स्वास्थ्य संयोजक मुरारी आर्चायले वताए ।
    कुल ८० हजार ५ जना जनसंख्या रहेको नगरपालिकामा कम्तिमा ६० हजार जनसंख्या यो औषधी सेवन गर्ने उमेर समुहको रहेको आर्चायको भनाई रहेको छ ।
    तर अभियानको अन्तिम दिन आईसक्दा पनि लगभग अनुमानित जनसंख्याको आधा भागले मात्र औषधी सेवन गरेको पाईएकोले यो अभियानलाई थप निरञ्तरता दिएर अगाडी वढाउदै लैजाने योजना रहेको आर्चायले वताए ।
    फागुन १५ देखि थालिएको अभियानमा औषधि खाने उत्साह बढ्दो क्रममा रहेको आचार्यको भनाई रहेको छ ।
    ज्येष्ठ नागरिक, राजनीतिक दलका अगुवा, समाजसेवी, शिक्षक, बुद्धिजिवी, पत्रकार, पेशाव्यवसायी, बैंक सहितका कर्मचारीहरुको अगुवाईमा औषधि खाने अभियान अघि बढेको छ ।


    २ वर्षमाथिकालाई औषधि सेवन गराउने अभियान उत्साहपूर्वक सञ्चालन भएकाले सवैलाई आफुले पनि औषधि खान र अरुलाई पनि खुवाउने अभियानमा सहभागि हुन नगर प्रमुख दिलिपकुमार राईको अनुरोध छ ।
    सोही क्रमको निरञ्तरता स्वारुप वडा नम्वर ६ मा छैठौँ दिनको घरदैलो अभियानमा ३६० जनाले औषधी सेवन गरेका छन् ।
    जसमा २ वर्ष देखी ५ वर्ष उमेर समुहका २२ जना,६ देखी १४ वर्ष उमेर समुहका ३८ जना,१५ देखी ५९ वर्ष उमेर समुहका २७० जनाले औषधी सेवन गरको स्वास्थ्यकर्मी सरिता कटुवालले वताईन ।
    सोमवारको घरदैलो अभियानलाई सफल र प्रभावकारी वनाउन स्वास्थ्य संयोजक आर्चाय र वडा अध्यक्ष जय वहादुर तामाङ आफै घर–घरमा पुगेर सर्वसाधरणलाई औषधी सेवन पछिको लाभको वारेमा जानकारी गराएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…