• रोशन पोखरेल , दमक , फागुन २०
    बिजि बर्मा फिल्मस प्रालीको ब्यानरमा निमार्ण भै रहेको नेपाली कथानक चलचित्र “ सत्यम शिवम सुन्दरम “को छायाँङकन तिव्र गतिमा पुर्वाञ्चलको इलाम र झापाका विभिन्न क्षेत्रमा भैरहेको निमार्ण पक्षले बताएको छ ।
    कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन निर्देशनमा सत्यम शिवम सुन्दरम को छायाँकन पुर्वाञ्चलमा भएको हो । मधेसी र पहाडी युवा युवती विचको त्रिकोणात्मक प्रेमलाई चलचित्रमा समावेश गरिएको सो चलचित्रकी निमार्ता कला राईले बताइन । चलचित्रमा बिमला गिरी,राजन महर्जन ,कृष्ण घलान,अन्जना श्रेष्ठ ,गितान्जली सुवेदी,ज्ञानेन्द्र चेम्जोङ,हिरण्य, धनराज सुब्बा,राजेस घतानी र नव प्रस्तुति मा रिचा भण्डारी को अभिनय रहेको छ । नरेश ऐर को छायांकन राजन महर्जन र सुरेस पाण्डे को नृत्य देव महर्जन को द्वन्द,बिपिन कटवाल को शृङार अनि शंकर अधिकारी को गीत रहेको छ । आगामी हरितालिका तिजमा रिलिज गरिने लक्ष्य सहित धमाधम छायांकनमा जुटेको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए ।

    हेर्नुहोस भिडियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…