• काठमाडौं। फागुन दश गते ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यलयको मुलगेट अगाडि शक्तिशाली बम विस्फोट हुँदा एक जनाको मृत्यु भयो भने दुई जना गम्भीर घाइते भए।

    राजधानीको व्यस्त सहरमा साँझैमा शक्तिशाली बम बिस्फोट हुनु र मानवीय क्षति हुनु समान्य होइन। उक्त विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ।

    अर्धभूमिगत रुपमा पार्टीका काम कारवाही गरिरहेको विप्लव नेतृत्वमा नेकपाले पछिल्लो समय आफ्नो उपस्थिति देखाउन हिंसात्मक कार्यलाई समेत निरन्तरता दिन थालेको छ।

    विशेष गरी विदेशी लगानीप्रति अनुदार रहेको विप्लक नेतृत्वको नेकपाले नेपालमा रहेका विदेशी लगानीका कम्पनिलाई आफ्नो निसाना बनाउन थालेको छ। सरकारले आगमी मार्चमा लगानी सम्मेलनको तयारी गरिरहँदा विप्लव नेतृत्वको नेकपा भने विदेशी लगानी भित्र्याउन नदिने भन्दै आक्रामक बन्दै आएको छ।

    विप्लवका पछिल्ला गतिविधिप्रति भने नेकपा अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड आक्रमक बनेका छन्। कुनैबेला एकसाथ युद्ध मोर्चामा होमिएका प्रचण्ड र विप्लव अहिले फरक राजनीतिक धारमा छन्। प्रचण्डले सेफ ल्याण्डिङको बाटो रोजेर राजनीति गरिरहेका छन् । चन्दले भने अझै क्रान्ति गर्ने भन्दै हिँडेका छन् ।

    प्रचण्ड र विप्लवबीच १० वर्षे जनयुद्धका बेला राम्रै सम्बन्ध थियो। शान्ति प्रक्रियापछिका विभिन्न राजनीतिक परिवर्तनप्रति विप्लव सहमत भएनन् । प्रचण्डको बलमा संविधानसभाबाट बनेको नयाँ संविधान विप्लवले मानेनन् । प्रचण्डबाट मोहन वैद्य अलग्गिदाका मुख्य पात्र विप्लव नै थिए। पछि वैद्यसँग पनि उनी टिक्न सकेनन् ।

    दश वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपमा अवतरण गराएर प्रचण्ड यतिबेला नेपाली राजनीतिको केन्द्रमा छन् भने प्रचण्डले जनयुद्धलाई धोका दिएको आरोप लगाउँदै विप्लव क्रान्ति सफल बनाउने भन्दै पुन भूमिगत राजनीतिमा सक्रिय छन्। तर विप्लवका गतिविधि भने सकारात्मक छैनन्।
    प्रचण्डले विप्लव समूह राजनीतिक सहमतिमा नआए प्रशासनिक रुपमा समाधान खोज्ने चेतावनी दिएका छन्। प्रशासनिक समाधान भनेको बल प्रयोग हो। सोमबार विराटनगरमा संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले विप्लव समूहको पछिल्लो गतिविधिलाई सरकारले गम्भिर रुपमा लिएको बताए। संविधान र वामपन्थी सरकारलाई अस्थिर बनाउन खोज्नु अतिवाद भएको बताए।

    प्रचण्डले विप्लवका गतिविधिलाई राजनीतिक र प्रशासनिक दुवै रुपमा समाधान गर्ने प्रयास गरिने उनले बताए। सरकारले यसअघि विप्लवलगायतका संगठनसँग वार्ता गर्दै भन्दै सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोलीसमेत गठन गरेको थियो। वार्ता टोलीले विप्लवसँग वार्ता गर्ने प्रयास गरेपनि सफल भएको थिएन।

    विप्लव नेतृत्वको नेकपा वार्तामा नआएपछि सरकारले प्रशासनिक रुपमा समाधान खोज्ने प्रचण्डको आशय थियो। प्रचण्डले आफूहरु शान्ति प्रक्रियामा आएपछि क्यान्टोनमेन्टमा राखेको केही हतियार चोरी भएको पनि खुलासा गरे । उक्त हतियार विप्लव समुहले नै लुकाएको प्रचण्डको आशंका छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…