धरान / किरात राई यायोक्खाको धरानमा जारी १० औं महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व चयनको प्रक्रिया मंगलबार विहानदेखि शुरु भएको छ ।
धरान ८ स्थित सभागृहमा जारी बन्द सत्रमा हजिो विधान संशोधन, सांगठनिक र आर्थिक प्रतिवेदनमा छलफल गरी टुंगो लगाइएको थियो । आज पुराना कमिटी भंग गरि नयाँ कमिटी बनाउन निर्वाचन प्रक्रिया शुरु भएको महाधिबेशन प्रचार संयोजक उपेन्द्र चाम्लिङ राईले जानकारी दिए ।
श्रोतका अनुसार नयाँ कमिटि सर्वसम्बत बनाउने अभ्यास भईरहेको छ । अध्यक्षमा दिवस राईको सम्भावना रहेको महाधिबेशनमा सहभागी एकले जानकारी दिए । महासचिव। उपमहासचिव, सचिव, कोषाध्यक्षमा पनि आकाक्षी धेरै देखिए पनि सबैलाई मिलाएर सर्वसम्मत गर्ने तयारी भइरहेको बताइएको छ ।