• उर्लाबारी ।गुणस्तरीय शिक्षामा अब्बल राष्ट्र निर्माण सेकेण्डरी बोर्डिङ स्कुल रतुवामाई १० ले फागुन २३ गते आफ्नो २१ औं स्थापना तथा अभिभावक दिवस भब्यताका साथ मनाउने भएको छ । विद्यालय परिसरमा विद्यार्थीहरुको बिज्ञानी प्रदर्शनी,फुड फेस्टिवल,नृत्य,गायन तथा नाटक प्रदर्शनी लगायतका विविध कार्यक्रम हुने विद्यालयका प्रिन्सिपल विश्वास ढकालले बताए ।

    राष्ट्रनिर्माण नै किन ?
    मोरङको रतुवामाई १० सोमबारेमा रहेको राष्ट्रिय निर्माण बोर्डिङ स्कुल लामो समयदेखि गुणस्तरीय शिक्षा दिदैं आएको छ । आफूलाई प्रचारमुखीभन्दा गुणस्तरीयतामा ध्यान केन्द्रित गर्दै आएको छ । सुविधासम्पन्न कक्षाकोठा,तालिमप्राप्त शिक्षक र प्रर्याप्त शैक्षिक समाग्रीको व्यवस्था मिलाएर शैक्षिक गुणस्तरमा ध्यान पुर्याएको राष्ट्रनिर्माण २१ औं बर्षगाठमा छ । यो अवधि सम्म आईपुग्दा अभिभावक तथा विद्यार्थीहरुको मन झन झन जित्न सफल छ ।

    शिक्षाको क्षेत्रमा यस विद्यालयले २०५४ सालमा १३ शिक्षक तथा कर्मचारी र २५१ विद्यार्थीहरुबाट उज्यालो ज्ञानको ढोका खोलेको थियो । विद्यालयले उपलब्ध गराउने शिक्षाको गुणस्तरका आधारमा विद्यार्थीको भविष्य निर्धारण हुन्छ । विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावकको सुमधुर सम्बन्धमा नै विद्यार्थीको प्रगति निर्भर हुन्छ । यसको प्रत्यक्ष लाभ प्रथमतः स्वयम् विद्यार्थी, अभिभावक, विद्यालय र सिङ्गो समुदायलाई हुन्छ । बाहिरी आकर्षण भन्दा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि क्रियाशील अभिभावकहरुको छनौटको यस विद्यालयले नवीन शिक्षा प्रणालीद्वारा विद्यार्थीको motivational आवश्यकता पूरा गर्दै आइरहेको छ ।



    को हुन् प्रिन्सिपल ढकाल ?
    विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी विश्वास ढकालले सम्हालीरहेका छन् । नाम नै विश्वास रहेका ढकालको काम पनि विश्वासनिय छ ।निजि तथा अवाशिय बिद्यालय अर्गनाईजेशन नेपाल (प्यावसन) रतुवामाईको अध्यक्ष समेत हुन्,ढकाल ।
    फष्ट क्लास एम एड अंग्रेजीमा त्रि.वि. काठमाण्डौबाट लिएका ढकाल २०५७ सालदेखि शिक्षण पेशामा आवद्ध भई राष्ट्रनिर्माणमा आवद्ध छन् ।
    २०६० सालदेखि शिक्षण लगायत सहायक प्र.अ. र प्र.अ.को रुपमा मोरङ र काठमाण्डौमा समेत कार्य गरेको अनुभव ढकालसँग छ ।

    २०६५ मा ब्रिटिस काउन्सिलद्वारा सञ्चालित English for Teaching, Teaching for English-ETTE प्रोजेक्टका लागि Teacher Training Course लिएका ढकाल ब्रिटिस काउन्सिल काठमाण्डौमा आवद्ध भई नेपालका दुर्गम जिल्ला सोलु, कैलाली लगायत विभिन्न जिल्लाहरुका अंग्रजी शिक्षकहरुलाई शिक्षण तथा अंग्रेजी भाषाको तालिम दिईसकेका छन् ।
    २०६७ सालदेखि राष्ट्रनिर्माणमा प्रिन्सिपलको जिम्मेवारी लिएका ढकालको उत्कृष्ठ जिम्मेवारी नै विद्यालयको सफलताको फड्कोको रुपमा लिईन्छ ।

    छोराछोरी प्रति अभिभावकले लगाएको लगानी सुरक्षित

    जिम्मेवार ठाउँमा पुगेपछि कस्ता–कस्ता चुनौतीको सामना गर्नु पर्दाेरहेछ ? ढकालकै शब्दमा शैक्षिक थलो भनेको संवेदशिल ठाउँ हो प्रधानाध्यापक भनेको पानीजहाजको कप्तान जस्तै । किनभने कप्तान अलिकति सुस्ताए त्यसमा सवार यात्रु सबैको ज्यान जोखिम भएजस्तै शिक्षालयको नेतृत्व सुस्ताए कलिला बालबालिकाको भविष्य अन्धकार हुन्छ । हाम्रा भन्दा राम्रा शिक्षक विद्यालयले राख्नु नै विद्यालयको प्लस प्वाइण्ट हो ।

    विद्यालयले आफूलाई अब्बल दर्जाकै रुपमा राख्न सफल भइरहेको छ । एसएलसी परिक्षामा उत्कृष्ठ नतिजा ल्याएर विद्यालयको गौरवलाई उँचो राख्ने काम गरेको छ । छोराछोरी प्रति अभिभावकले लगाएको लगानी सुरक्षित गर्न विद्यालय क्रियाशिल छ ।

    विद्यालयलाई कसरी अरुभन्दा फरक शैलीको बनाउनु हुन्छ ? भन्ने प्रश्नमा प्रिन्सिपल ढकालले थपे, ‘हामी विद्यालयलाई बालमैत्री विद्यालयको रुपमा विकास गर्छाै । स्कुलका शिक्षक भनेको बालबालिकासँग छडीमा रमाउने हुन भन्ने मनोभावको अन्त्य गर्छाै । कुनै विद्यार्थी अरुभन्दा कम्जोर छ भने उ के कारणले गर्दा पछि परेको हो, उसको पारिवारिक अवस्था के छ, उसको संगत कस्तोसँग छ लगायतका बारेमा बुझेर पढाईको सहीमार्गमा ल्याउनु नै हाम्रो फरक शैली हो ।
    नीजी विद्यालयमा धेरै पाठ घोकेर नै पार लगाउनु पर्ने अवस्थाका कारण उत्पादित विद्यार्थी व्यवहारिक ज्ञानतर्फ अपुरो हुने गरेको छ भन्ने भनाईमा उनले थपे, ‘कतिपय कुरा घोक्ने पर्ने हुन्छन् त्यसको अलवा घोकन्ते शिक्षा विस्मृतीमय हुन्छ भन्ने बुझाईबाट दिएको शिक्षा स्मृतीमय हुन्छ ।’


    विद्यालयमा भौतिक पूर्वाधार लगायतमा कुनै पनि कमी हुन नदिने र अन्तर्राष्ट्रिय स्तरको पाठ्य सामाग्री छनौट गरेर त्यही अनुरुपका विद्यार्थी उत्पादन गर्ने लक्ष्य छ । अबको शिक्षा भनेको नगदे वाली जस्तो हुनुपर्नेमा विद्यालयको जोड छ । जब स्कुले शिक्षा पुरा गरेपछि विद्यार्थीले आफ्ना रुची अनुसारको काम तुरुन्तै पाउन सकोस र अध्ययनलाई गति दिन सक्ने खालको बनाउनु आवश्यक छ ।

    अव्यवहारिक शिक्षाले अहिले हजारौं कलिलाहात अरबको तातो मरुभुमीमा पसिना र श्रम बगाईरहेको अवस्थाको अन्त्य गर्न सीपमूलक व्यवहारिक शिक्षाको खाँचोको महसुस राष्ट्रनिर्माण स्कुलले गरेको छ । राष्ट्रनिर्माणले विपन्न परिवारका विद्यार्थीलाई छात्रबृत्रि दिने,आफ्ना विद्यार्थी जटिल विरामी भए सहयोग दिने तथा जुटाउने काममा पनि क्रियाशिल हुदैं सहयोग गर्दै आएको छ ।अझ विद्यार्थीको प्रतिभालाई उजागर गर्न संगीत तथा नृत्य शिक्षक समेत राखेको छ । जस अनरुप स्थानीय स्तरमा हुने प्रतियोगितामा विद्यार्थीहरुले स्कुलको नाम उचो राखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…