• धुलावारी, २२ फागुन । आदर्श विद्या मन्दिर मेचीनगर ९ धुलावारीको १४ औँ वार्षिक उत्सव मंगलवार सम्पन्न भएको छ । पासाङ ल्हमु स्मृति प्रतिष्ठानमा सम्पन्न भएको वार्षिकोत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गर्नु भएको थियो ।
    वार्षिकोत्वसको अवसर पारेर विद्यालयलाई योगदान दिने विभिन्न व्यक्ति, विद्यार्थीहरुलाई सम्मानसहित विविध साँस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिएको हो ।
    झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई वर्ष उत्कृष्ट व्यक्तिको रुपमा सम्मान गरिएको थियो । उहाँले सामाजिक, शैक्षिक र सञ्चारको क्षेत्रमा पुर्याउनु भएको उच्च मुल्याङकन गर्दै सम्मान पत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो ।
    यसैगरी, २०७४ मा पहिलो पटक एसइइ दिएको विद्यालयबाट उतीर्ण भएका विद्यार्थीका अभिभावकहरु राधादेवी घिमिरे, जसोधा डाँगी, निता अधिकारी र रेखा शाहलाई सम्मान गरिएको थियो ।
    विद्यालयको वर्ष उत्कृष्ट विद्यार्थीको अवार्ड निशान अछामेलाई प्रदान गरियो । उत्कृष्ट शिक्षकको अवार्डबाट पदम भण्डारी र कल्पना प्रसाईलाई सम्मान गरियो । उत्कृष्ट कर्मचारी अवार्ड भवानी प्याकुरेलले प्राप्त गरे ।
    यसैगरी, अनुशासित अवार्ड आषिश धिमाल, सरसफाइ अवार्ड मेलिना गुरुङ, पोेलाइटनेस अवार्ड अंकित धिमाल र प्रोगेसिप अवार्ड प्रतिक कट्टेललाई प्रादान गरिएको थियो । सोही अवसरमा २०७४ को शैक्षिक पुरस्कारबाट उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयकी निर्देशक रिता थापा श्रेष्ठले बताउनु भयो ।
    कार्यक्रममा विद्यार्थीहरुद्धारा विभिन्न जातजातिका नृत्य, गायन, विभिन्न विषयका नाटक, गीत तथा साना कक्षाका नानीहरुले राइम्स प्रस्तुत गरेका थिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेयर विमल आचार्य, अग्रज पत्रकार चन्द्र भण्डारी, एन प्याव्सन झापाका अध्यक्ष सञ्जिव राई, शिक्षक अभिभावक संघका अध्यक्ष दिपक पोखरेललगायतले विद्यालयले गरेको शैक्षिक प्रगतिमा बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा होलिबेल अग्रेजी स्कुलका प्रिन्सिपल अनु प्रधान, एन प्याव्सन मेचीनगरका संयोजक भगिरथ राई, हिमालयन अंग्रेजी स्कुलका प्रिन्सिपल उर्मिला क्षेत्री, महिला नेतृ मिरा पोखरेल, धुलावारी जेसीजका अध्यक्ष केशव पोखरेल, बाहुनडाँगी जेसीजका महासचिव देबु बानियाँ, इजि केयर मन्टेश्वरीकी प्रिन्सिपल सपना ओडारी, विद्यार्थीका अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यालयका प्रिन्सिपल कविन्द्र श्रेष्ठलले स्वागत तथा विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रमको सञ्चालन विद्यार्थीहरुले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…