• देबु बानियाँ
    झापा । शान्तीपूर्ण आन्दोलनमा रहेका राहत शिक्षकहरुमाथि सरकारी दमन भएपछि त्यसको विरुद्धमा मंगलवार देशभरका शैक्षिक संस्था बन्द भएका छन् ।
    राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै शान्तिपूर्ण आन्दोलनका क्रममा सोमबार काठमाण्डौमा गरेको प्रर्दशनमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । प्रहरीले अन्धाधुन्ध लाडी चार्ज गरेपछि शिक्षकहरु घाइते बनेका थिए । सरकारले निरकुंश लागु गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षकहरुलाई प्रहरी लगाएर तर्साउन खोजिएको भन्दै राहत शिक्षकहरुको आन्दोलनलाई विभिन्न शिक्षक संघ संगठनहरुले ऐकबद्धता जनाउँदै मंगलवार देशभरका सामुदायिक विद्यालय बन्द गरिएको हो । सरकारले शिक्षकहरुका मागलाई सम्बोधन नगरे आन्दोलन शसक्त बनाइने शिक्षकहरुले बताएका छन् । मंगलवार पनि माइतीघर मण्डलामा शिक्षकहरु शान्तिपूर्ण आन्दोलनमा रहेका झापा मेचीनगर राहत शिक्षक अध्यक्ष राजिप गिरीले बताए । उनले आन्दोलनलाई वार की पार बनाएर मात्र फर्कन समेत बताए ।
    राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेका हुन् ।
    देशभरका हजारौँ राहत शिक्षकहरु ३ दिनदेखि काठमाडौँमा आन्दालन गरिरहेका छन् ।
    गएको असोज २२ गते आफूहरुको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरु आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, केन्द्रिय कार्य समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो । उहाँले संघीय शिक्षक ऐनमा आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिनु भयो ।

    राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतहः स्थायी बनाउनुपर्ने माग गर्दै सरकारलाई दवाव दिँदै आएका छन । नेपालमा हाल ४० हजार भन्दा बढि राहत तथा ३६ हजार भन्दा बढी बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरु रहेका छन । स्वतस् स्थायी गर्ने कानुनी व्यवस्था गर्न उनीहरुले सरकारलाई दवाव दिइरहेका हुन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…