• कुमार खड्काफागुन २१, पथरी
    चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको मंगलवारको खेलमा वडा नम्वर ९ ले वडा नम्वर ७ लाई ५ गोद गर्दै विजयी भएको छ ।
    गत फागुन १७ गते देखी सुरु भएको सो प्रतियोगिमा अहिले दोस्रो चरणका खेलहरु भईरहेका छन् ।
    आजको खेलमा विजयी वडाका तर्फवाट निर्धारित ७० मिनेटको खेलमा पहिलो हाफको २४ औ मिनेटमा ९ का तर्फवाट घनश्याम चौहानले गोलको खाता खोलेका थिए भने खेल अवधि भर दवावमा राखेको सो वडाले दोस्रो हाफको १९ औ मिनेटमा साईनले थप गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।
    खेलको २६ औ वडा नम्वर ९ का प्रकाश चौहान थप गोल गर्न सफल भए त्यसको लगतै सेनेहाङ लिम्वू र सन्दिप धिमालले थप गोल गर्दै जितलाई सुनिश्चीत वनाएका थिए भने वडा नम्वर ७ का तर्फ वाट भने एक मात्र सात्वना गोल पहिलो हाफको २१ औ मिनेटमा पविन लिम्वूले गरेका थिए भने थप गोल गर्न सक्दा सो वडा प्रतियोगिता वाट वाहिरिएको छ ।
    मंगलवारको खेलको म्यान अफ दि म्याच वडा नम्वर ९ का सेनेहाङ लिम्वू घोषीत हुदै नगद १ हजार ५ सय र ट्रफि हात पारेका छन् । भने भोलिको खेल वडा नम्वर १ र २ विचमा हुने खेल संयोजक विकी राईले वताए ।
    बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडल प्राप्त गर्ने छ ।
    प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।
    बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन भने प्रत्येक दिनको मेन अफ द म्याचले १५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ। प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…