• दीप खादी लिम्ब
    क्वालालम्पुर,मार्च-५

    मलेसियाका लागि नव नियुक्त नेपाली राजदूत उदयराज पाण्डेलाई नेपाल अादिवासी जनजाति महासंघ मलेसियाले नेपाली दूतावास क्वालालाम्पुरमा मंगलबार विभिन्न जातिय संघसंस्थाका प्रतिनिधित्व गर्दै पुगेका पदाधिकारीहरुले स्वागत तथा भेटघाट गरेका छन।

    केहिदीन अघि देखि कार्याभार सम्हालेका राजदूत पाण्डे लाई एक समारोह बिच स्वागत तथा अभिनन्दन गरेका हुन।नेपाल अादिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष रविन राई रुच्छेबुङको नेतृत्वमा गएको टोलीले मलेसियामा रहेका नेपाली र उनीहरुले भोगेका समस्याका बारेमा बृफिङ्ग समेत गराएका थिए।

    मलेसियाका जेलमा रहेका सयौ नेपालीहरुको उद्धार, दूतावास र नेपाली संघसंस्था बिच सहकार्य गर्दै समस्यामा परेका नेपालीहरु लाई सहयोग र समन्वयकारी भुमिका निर्बाह गर्न महासंघले दूतावास लाई आग्रह समेत गरेको छ।भने महामहिम राजदूत पाण्डेले अागामी दिनमा मलेसियामा रहेका विभिन्न संस्थाहरु संग सहकार्य गर्दै समस्यामा परेका नेपालीलाई यथाशीघ्र उद्वार गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ।

    समस्या परेका नेपाली मजदुरहरु लाई बढिमा महिना दिन भित्रै उद्वार तथा राहत दिने र मलेसियाको हरेक क्षेत्रमा दुतावासले थप सर्ब सुलभ तरिकाले सेवा प्रवाह गर्ने समेत बताउनु भयो।

    मलेसियामा अाउन अघि साउदी अरवमा राजदूत भएर एककार्यकाल काम गरिसकेका पाण्डे अनुभवी दक्ष र एक्शन ओरियन्टेड मानिन्छन् । राजनैतिक भागवण्डामा राजदूत बनेका भएपनि सबै नेपालीको पक्षमा काम गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…