• काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई गुट, उपगुटबाट मुक्त बनाउन चाहेको बताएका छन्।

    सभापति देउवाले पार्टीलाई गुटमुक्त बनाउन सहयोग गरिदिन महामन्त्री डा. शशांक कोइरालालाई पनि आग्रह गरे। आफूले सबैको सहयोगमा सभापति बनेको उल्लेख गर्दै उनले पार्टी भित्रको गुटउपगुटले कसैलाई पनि फाईदा नपु-याउने पनि उल्लेख गरे।

    मंगलबार नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो ७३ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले मुलुकको हरेक क्षेत्रलाई नियन्त्रणमा राख्न खोजेको भन्दै चर्को आलोचना गरे।

    कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र एकता कायम गर्न न्याय, निष्पक्ष र पारदर्शी व्यवहार गर्न सभापति देउवासँग माग गरे। उनले एक पक्षीय ढंगले पार्टी नेतृत्वले पेलेर जाने काम गरेकाले पार्टी भित्र विभिन्न गुट जन्मने गरेको दावी समेत गरे।

    कम्युनिष्टहरुभन्दा उत्कृष्ट हौं भनेर जनतामा जान पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने वरिष्ठ नेता पौडेलको भनाई छ।
    नेता पौडेलले प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको प्रतिक बन्न खोजिरहेको आरोप समेत लगाए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…