काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह अस्वस्थ भएपछि नर्भिक अस्पताल भर्ना गरिएको छ।
शाहलाई पखाला र ज्वरोको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकको भनाई छ।
राजा महेन्द्रकी श्रीमती रत्न उनका छोरा राजा ज्ञानेन्द्रको बहिर्गमनपछि पनि नारायणहिटी राजदरबारस्थित महेन्द्र मञ्जिलमै बस्दै आएकी छन्।