बिर्तामोड । जारी चौथो झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले नखेल्ने भएको छ ।
अब मनाङको स्थानमा अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुनले सहभागिता जनाउने भएको छ । गोलनेपालका अनुसार मनाङले आउँदो एएफसी कपका लागि तयारी गर्नुपर्ने भएकोले प्रतियोगितामा सहभागिता नजनाउने भएको हो ।
प्रतियोगितामा मनाङको स्थानमा प्रवेश पाएको दाफिन्सले अब अन्तिम क्वाटरफाइनलतर्फ बिहीबार लाली रुपन्देही–११ सँग खेल्नेछ ।