• कुमार खड्का फागुन २२, पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा चलिरहेको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यको सातौँ दिन सम्म आईपुग्दा ४३ हजार ९ सय ४६ ले औषधी सेवन गरेको तथ्याङक प्राप्त भएको छ ।
    नगरपालिको प्रमुख दिलिप कुमार राईको विशेष सक्रियतामा थालिएको सो अभियानको पूर्व घोषीत कार्यक्रम अन्र्तगत मंगलवार वाट अभियानको समय सिमा समाप्त हुदै छ ।
    नगर क्षेत्र भित्र संचालन गरिएको अभियानमा मंगलवार भएको कार्यक्रममा ५ हजार ५ सय १९ ले औषधी सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आर्चायले वताए ।
    अभियान अन्र्तगको मंगलवार अन्तिम दिन नगर क्षेत्रमा एक चरण संचालन गरिएको विध्यालय लक्षित कार्यक्रममा छुटेका विध्यालयहरुमा पुनः अभियान सञ्चालन गरि औषधी खुवाउने कार्यक्रम गरेको संयोजक आर्चायले वताए ।
    कुल ८० हजार ५ जना जनसंख्या रहेको नगरपालिकामा कम्तिमा ६० हजार जनसंख्या यो औषधी सेवन गर्ने उमेर समुहको रहेको आर्चायको भनाई रहेको छ ।
    तर अभियानको अन्तिम दिन आईसक्दा पनि लगभग अनुमानित जनसंख्याको आधा भागले मात्र औषधी सेवन गरेको पाईएकोले यो अभियानलाई थप निरञ्तरता दिएर अगाडी बढाउदै लैजाने योजना रहेको आर्चायले वताए ।
    फागुन १५ देखि थालिएको अभियानमा औषधि खाने उत्साह बढ्दो क्रममा रहेको आचार्यको भनाई रहेको छ ।
    ज्येष्ठ नागरिक, राजनीतिक दलका अगुवा, समाजसेवी, शिक्षक, बुद्धिजिवी, पत्रकार, पेशाव्यवसायी, बैंक सहितका कर्मचारीहरुको अगुवाईमा औषधि खाने अभियान अघि बढेको छ ।
    २ वर्षमाथिकालाई औषधि सेवन गराउने अभियान उत्साहपूर्वक सञ्चालन भएकाले सवैलाई आफुले पनि औषधि खान र अरुलाई पनि खुवाउने अभियानमा सहभागि हुन नगर प्रमुख दिलिपकुमार राईको अनुरोध छ ।
    सोही क्रमको निरञ्तरता स्वारुप वडा नम्वर ७ औ दिनकोे अभियानमा ३४५ जनाले औषधी सेवन गरेका छन् ।
    जसमा २ वर्ष देखी ५ वर्ष उमेर समुहका २३ जना,६ देखी १४ वर्ष उमेर समुहका ३९ जना,१५ देखी ५९ वर्ष उमेर समुहका २४३ जना र जेष्ठ नागरिक ४०जनाले औषधी सेवन गरको स्वास्थ्यकर्मी सरिता कटुवालले वताईन ।


    अभियानलाई सफल र प्रभावकारी वनाउन स्वास्थ्य संयोजक आर्चाय र वडा अध्यक्ष जय वहादुर तामाङ आफै घर–घरमा पुगेर सर्वसाधरणलाई औषधी सेवन पछिको लाभको बारेमा जानकारी गराउदै आएका छन् ।
    औषधी सेवन पश्चात कसै–कसैलाई वाकवाकी लाग्ने, रिगटा लाग्ने, भएकाले यो औषधी सेवन गर्न हुन्न भन्ने सर्वसाधरण जनतामा थुपरिएको गलत बुझाईलाई चिर्न वडा अध्यक्ष तामाङ आफै सक्रिय रुपमा खट्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…