कुमार खड्का फागुन २२, पथरी ।
चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको आजको खेलमा वडा नम्वर १ र २ आमने समुने हुने भएका छन् ।
साविक विजेत वडा नम्वर १ र २ का विचमा हुने आजको प्रतियोगिता लाई मिनि फाईनलका रुपमा लिएको खेल संयोजक विकी राईले वताएका छन् ।
हिजोको प्रतियोगितामा वडा नम्वर ९ ले वडा नम्वर ७ लाई ५ गोद गर्दै विजयी भएको छ ।
गत फागुन १७ गते देखी सुरु भएको सो प्रतियोगिमा अहिले दोस्रो चरणका खेलहरु भईरहेका छन् ।
हिजोको खेलको म्यान अफ दि म्याच वडा नम्वर ९ का सेनेहाङ लिम्वू घोषीत हुदै नगद १ हजार ५ सय र ट्रफि हात पारेका छन् ।
बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडल प्राप्त गर्ने छ ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।
बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले बताएको छ प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ ।