• फागुन २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई अब सभापति बन्न नदिने घोषणा गरेका छन् ।

    सभापति देउवा निरंकुशता तर्फ उन्मुख रहेको भन्दै उनले देउवालाई अब सभापति बन्नबाट रोक्ने घोषणा गरेका हुन् ।

    ‘देउवाजीले महासमितिको स्पिरिटलाई सम्मान गर्न सक्नुभएन । यो उहाँको महाभुल हो । अब महाधिवेशनको मिति नै तोक्नेगरि हामी छलफलमा जुटेका छौँ । त्यसैले आज हामी प्रकाशमानजीको घरमा बैठक बसेका हौँ ।’

    एक टेलिभिजन कार्यक्रममा बोल्दै शेखर कोइरालाले देउवाले राजालाई लोकतन्त्र बुझाएकोले आफूलाई लोकतन्त्रको पाठ सिकाउन नमिल्ने आरोप लगाए । उनले आफ्नो कुनै गुट नभएको दावी गर्दै छलफल तथा बैठकका लागि जसले बोलाएपनि जाने उल्लेख गरे । कांग्रेसलाई बलियो बनाउन महाधिवेशन छिट्टै हुनुपर्ने उनको भनाइ छ ।

    सभापति देउवाले शेखर कोइरालाले वंशका आधारमा कांग्रेस पार्टीभित्र राजनीति गरेको भन्दै लगाएको आरोपको खण्डन गर्दै डा. कोइरालाले भने, ‘राजनीति गर्ने व्यक्तिमा राजनीतिक संस्कार हुनुपर्यो । म जुन परिवारबाट आएको छु, त्यो परिवारले मलाई राजनीतिक संस्कार दिएको छ । सभापतिज्यूले जे कुरा बोल्नुभयो त्यो उहाँको राजनीतिक संस्कार होला, मेरो होइन । यो भन्दा धेरै मलाई केही भन्नु छैन ।

    उनले सभापति देउवाले कांग्रेसको विधान मिचेर अघि बढेको आरोप लगाए । ‘उहाँले कांग्रेसको विधिलाई स्वीकार्नु भएको छैन । पार्टीभित्र लोकतान्त्रिक पद्धति छैन । उहाँले राम्रो गरेमा हामी सपोर्ट गरिहाल्छौँ नि ।’, उनले भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…