कुमार खड्का फागुन २२, पथरी ।
चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको आजको खेलमा वडा नम्वर १ विजयी वनेको छ ।
साविक विजेत वडा नम्वर १ र २ का विचमा भएको आजको निकै नै प्रतिस्पर्धात्मक खेलमा वडा नम्वर १ ले २ लाई १ गोलको अन्तरले जितेको छ
निर्धारित ७० मिनेटको खेलको ३५ औ मिनेटमा वडा नम्वर २ का सुनिल लिम्वुले गोल गर्दै टिमलाई १–० ले अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको वडा नम्वर १ दोस्रो हाफमा खेलमा कमव्याक गर्दै खेलको ४५ औ मिनेटमा सुमन राईले गोलको खाता खोलेका थिए भने त्यसको २ मिनेटमा नै उनले नै व्याक्तिगत थप १ गोल गर्दै खेललाई २–१ अन्तर कायम गरेका थिए ।
तर पहिलो हाफ बाटै दवामा राखेको वडा नम्वर २ ले खेलको ६० औ मिनेटमा कवि राईले थप गोल गर्दा खेलको नतिजा ३–२ अन्तर भएको थियो ।
खेल सकिन १ मिनेट वाकी रहँदा वडा नम्वर २ का गोलरक्षकले डिवक्समा गल्ती गरेपछि पाएको अवसरलाई सदुपयोग गर्दै १ नम्वरका खेलाडी साईमन लिम्वुले प्रहार गरेको वल गोलमा परिणत हुदा खेल ३–३ गोलको बरावरीमा खेल समाप्त हुन पुग्यो ।
त्यपछि खेलको नतिजा टा«ईवेकर बाट लिईएको थियो जहा वडा नम्वर १ का सुमन राई,मिन धिमाल,नियन लिम्वु,विशाल पाण्डे र साईमन लिम्वुले प्रहार गरेको वलले गोलको दिशा लिएको थियो ।
यता वडा नम्वर २ का तर्फवाट टा«वेकरमा सन्तोष न्यौपाने,सनम तामाङ,सन्दिप मगरले प्रहार गरेको वल गोलमा परिणत भएको थियो भने असिम राईले प्रहार गरेको वल वाहिरिदा खेल वडा नम्वर १ ले १ गोलको अन्तरले विजयी हासिल गरेको छे यो सगै खेलको समीफाईनल समिकरण पनि पुरा भएको छ ।
भोलीको पहिलो सेमिफाईनल खेल वडा नम्वर ५ र वडा नम्वर ९ का विचमा हुने खेल संयोजक विकी राईले जानकारी दिएका छन् ।
आजको खेलको म्यान अफ दि म्याच वडा नम्वर १ का सुमन राई घोषीत हुदै नगद १ हजार ५ सय ट्रफि हात पारेका छन् भने उनको प्रतिभा लाई प्रोत्साहन गर्न नगर खेलकुद विकाश समितिका अध्यक्ष मनि लिम्वुले थप रकम थपेर हौसला प्रदान गरेका छन् ।
बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद , ट्रफी र मेडल प्राप्त गर्ने छ ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।
बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले बताएको छ प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ ।