काठमाडौं । राजधानी काठमाण्डौमा दिन प्रतिदिन चोरी डकैती बढेको छ । राजधानीको अति ब्यस्त स्थान महाराजगन्ज क्षेत्रमा पछिल्लो समय चोरी डकैती बढेको हो । दिनप्रतिदिन बढेको चोरी डकैतीसँगै सो क्षेत्रमा बसोबास गर्ने धैरै बासिन्दा आतंकित बनेकाछन् ।
महाराजगंन्ज क्षेत्रको सुरक्षा जिम्मा लिएकाछन् वृत प्रमुख डिएसपी फडिन्द्र प्रसाईले सुरक्षालाई जिम्मावारीका रुपमा नलिएको भन्दै स्थानियहरु त्रसित भएका हुन् ।
उनी जनताको काममा धन्दा ब्यक्तीगत रवैयामा रमाउन थालेकाछन् । महाराजगंन्ज प्रहरी वृतले सुरक्षा जिम्मा लिएको टोखा नपा धापासीको चोरीका बारेमा उनी आफै अनविज्ञ रहेको बुझिएको छ । दिनदहाडै चोरी बडेको छ ।
गत फागुन १५ गते टोखा नपा धापासी ६ देवराज थापा सुन गहना ४ लाख ८६ हजार ४०० रुपिया चोरी भएको छ । चोरीमा संलग्नको कुनै खोजीनीति भएको छैन् ।
त्यसैगरि गत फागुन २१ गते दिउसो धुम्बराही पिपलबोट दिपक श्रेष्ठको घरमा बस्ने कर्ण चौलागाईको हार्डवयर पसल ५ लाख बराबरको सामान चोरी भयो । सो चोरीको बारेमा अत्तोपत्तो छैन् ।
त्यसैगरि आज अर्थात फागुन २२ गते बाँसबारी गोविन्द मगरको घरमा बस्ने संझना थापाको कोठाबाट एकलाख १० हजार बराबरको मालसमान चोरी भएको छ । दिउसै चोरी बढेपछि महाराजगन्ज प्रहरी चनाखो देखिएको छैन् ,स्थानियहरुको आरोप छ ।
यसरी दिनप्रतिदिन चोरी डकैती जस्तो अपराध बढ्दा उनी अर्थात डिएसपी प्रसाई बेखबर जस्तै बनेकाछन् । यसरी पछिल्लो समय दिन दहाडै चोरी डकैती बढेपछि महाराजगंज प्रहरी वृत प्रमुख अर्थात डिएसपी प्रसाईसँग पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।
तयस लगत्तै न्युज अभियान डट कम प्रतिनिधिले काठमाडौं प्रहरी परिसर प्रवक्ता एबं डिएसपी होबिन्द बोगटीले महाराजगन्ज चारीकाहबारेमा बृतान्त बताए ।
बिरामी अवस्थामा रहेका उनले चोरीका बारेमा आफु चिन्तित रहेको उल्लेख गरे । उनले भने सो क्षेत्र अल्लि ठुलो एरिया भएकाले केहि समयदेखि देखि चोरी बढिरहेको कुरा आइरहेको छ ।
चोरहरु सामान सहित पक्रिएका पनि छन् । पछिल्लो २ दिनमा सो क्षेत्रमा ४ चोरी भएको खबर मैले पनि पाएको छु । हामीहरु चिन्तित भएका छौं ।
थप अनुसन्धान गर्ने भनेर काठमाडौं प्रहरी परिसरले एउटा थप समुँह खटाउने कुरा भएको छ । दिन दहाडै हुने चोरी नियन्त्रणका लागि हामीले योजनाबद्ध तवरबाट नियन्त्रणका कार्यक्रम गर्ने तयारीमा छौैं उनले भने ।
गित र गजलमा रुची राख्नेलाई सुरक्षामा सकस
गित र गजलमा रुची राख्ने प्रसाईलाई सुरक्षाको जिम्मा घाडो भएको चर्चा चलेको छ । उनले तिम्रो याद भन्ने गितको शंब्द चयन गरेका थिए । उक्त गित अन्जु पन्तले गाएकी थिइन । त्यसैगरि संगितकारमा राम सिटौला रहेका थिए ।
२३ लाख काण्डले खैलाबैला
महाराजगन्ज प्रहरी बृतमा २३ लाख काण्डले सकस सकस पारेको छ । २३ लाख काण्डको हल्ला प्रहरी हेडक्वाटरमा पनि गुगेको छ ।
काठमाडौं परिसरदेखी आईजी सचिवालयसम्म उक्त कुरा पुगेपछि डिएसपी प्रसाईं भने गोप्य रुपमा पैसा फिर्ता गराउने तानाबुनामा लागे । स्रोतका अनुसार डिएसपी प्रसाईले बिदामा बसेका इनिस्पेक्टर दिनेस भण्डारीलाई केही दिन अगाडी बोलाएर उक्त बिषयमा गोप्य छलफल गरेका थिए ।
डिएसपी प्रसाईले २३ लाख काण्डकी बिचौलिया कमला खरेल भण्डारीलाई नचिन्ने बताए पनि कमला भने डिएसपी प्रसाईको फेसबुकको ‘फ्रेन्ड लिस्ट’मा रहेकी छिन् ।
यति ठूलो काण्ड आफ्नो वृत्तमा चलेको प्रहरी सर्कलमा हल्ला चले पनि डिएसपी प्रसाई भने उक्त घटनाको छानबिन र प्रहरीलाई पैसा दिएको आरोप लगाउने कमलालाई पक्राउ गरेर अनुसन्धान गर्न भने चाहदैँनन् ।
स्रोतका अनुसार डिएसपी प्रसाईले बिदामा बसेका भण्डारीलाई केही दिन अगाडी बोलाएर उक्त बिषयमा गोप्य छलफल गरेका थिए ।
उक्त घटनाको जानकारी आईजी सर्वेन्द्र खनालको कानमा पुगेपछि महानगरीय आयुक्त कार्यालयले इन्स्पेक्टर भण्डारीलाई गत सोमबार दिउँसो आयुक्त कार्यालयमा तानेर छानबिन सुरु गरेको छ ।