• काठमाडौं– टीकापुर घटनाको मुद्दाका अभियुक्त रेशमलाल चौधरीविरुद्ध कैलाली जिल्ला अदालतले सुनाएको फैसलाप्रति राष्ट्रिय जनता पार्टी (राजपा)ले आपत्ति जनाएको छ ।

    सरकारले राजनीतिक मुद्दालाई बेग्लै रवैयाले हेरेको भन्दै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले त्यसो भए सत्तारुढ दल नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष प्रचण्ड पनि जेल जानुपर्ने बताए। उनले अदालतको फैसलाविरुद्ध आफूहरु देशव्यापी आन्दोलनमा जाने बताए ।

    रेशम चौधरी एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस भएको उल्लेख गर्दै महताले भने, ‘एउटा जातिको उत्थानका लागि आन्दोलनमा लागेको मानिस यसरी जेल जाने भए प्रचण्ड, केपी ओली पनि जेल जानु पर्यो । रेशम चौधरी मात्रै किन जाने?

    कैलाली जिल्ला अदालतले टीकापुर हत्या प्रकरणमा रेशमलाल चौधरीसहित ११ जनाविरुद्ध बुधवार जन्मकैदको सजाय सुनाएको थियो ।

    टीकापुर घटनाको फरार अभियुक्तका रुपमा रहेकै बेला वारेशनामा मार्फत कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेका चौधरी निर्वाचनमा ठूलो मतान्तरसहित विजयी भएका थिए ।

    हालैमात्र प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेका चौधरीले अदालतको फैसला अनुसार २० वर्ष कैद सजाय भुक्तान गर्नुपर्ने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…