काठमाडौं । स्वाथ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि डिस्चार्ज गरिएको हो।
पछिल्लो समय दौडधुप बढि हुँदा थकान महसुस हुने समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना गरिएको थियो।
प्रधानमन्त्री ओलीको मुटु लगायतका अंग परीक्षण गरिएको थियो।प्रधानमन्त्री ओली बिहान साढे १० बजे अस्पताल भर्ना भएका थिए।