• बिर्तामोड  । बिभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै दावेदारमानिएके रुस्लान थ्रीस्टार क्लब जारी मगमग चौथो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बुधबार भएको तेस्रो क्वाटरफाइन्लमा थ्रीस्टारले पुलिसलाई टाईब्रेकरमा ३–० ले हराउँदै अन्तिम चारको यात्रा पक्का गर्यो । अब सेमीफाइनलमा थ्रीस्टारले आयोजक मगमग झापा ११ सँग प्रतिष्पर्धा गर्नेछ ।

    यसअघि निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा थ्रीस्टारका बिजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरेका थिए भने बिक्रम लामाको प्रहार पुलीसका गोलकिपर शत्रुघन चौधरीले बचाउ गरेका थिए ।

    त्यस्तै पुलिसका अजित भण्डारी र भरत शाहको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाएका थिए । रवि पासवानको प्रहार भने पोष्ट बाहिरिन पुगेको थियो । जारी प्रतियोगितामा पहिलो पटक खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

    खेलको म्यान अफ द म्याच थ्रीस्टारका गोलरक्षक एलन न्यौपाने घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत बिहीबारको अन्तिम क्वाटरफाइनल खेल दाफिन्स एफसी, क्यामरुन र लाली रुपन्देही–११ बीच हुने आयोजकले जनाएको छ ।

    खेलपश्चात् पत्रकार सम्मेलनमा बोल्दै थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफ्ना चारजना महत्वपुर्ण खेलाडीको अनुपस्थितीमा सोचेअनुसारको प्रदर्शन गर्न नसकेको बताए । थ्रीस्टारका खेलाडी उमेर समुहको राष्ट्रिय प्रतियोगिताका लागि क्लोज क्याम्पमा छन् । उनले झापासँगको खेलमा फरक रणनीतिका साथ मैदानमा उत्रने समेत बताए ।

    उता पुलिसका प्रशिक्षक अनन्तराज थापाले पेनाल्टीमा युवा टिममा अनुभवको कमी रहेको बताए । उनले पहिलो हाफमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा दवावका कारण स्कोर हुन नसकेको बताए । पुलीसले पहिलो हाफमा गोल गर्ने सुन्दर मुभहरु बनाएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…