• कुमार खड्का फागुन २३,पथरी
    चौथो नगर स्तरिय खुला नक आउट फुटवल प्रतियोगिताको विहिवार पहिलो चरणको सेमिफाइन खेल वडा नम्वर ९ र ५ का विचमा हुने भएको छ ।
    वुधवारको खेलमा साविक विजेत वडा नम्वर १ ले २ लाई ५–४ गोल अन्तरले पाखा लगाउदै सेमिफाइनल प्रवेश गरेको थियो ।
    निर्धारित ७० मिनेटको खेल ३–३ गोलको बरावरीमा सकिए पछि खेलको नतिजा ट्राईवेकर बाट लिएको थियो ।
    ट्राईवेकरमा वडा नम्वर १ का सुमन राई,मिन धिमाल,नियन लिम्वु,विशाल पाण्डे र साईमन लिम्वुले प्रहार गरेको वलले गोलको दिशा लिएको थियो ।
    यता वडा नम्वर २ का तर्फवाट टा«वेकरमा सन्तोष न्यौपाने,सनम तामाङ,सन्दिप मगरले प्रहार गरेको वल गोलमा परिणत भएको थियो भने असिम राईले प्रहार गरेको वल वाहिरिदा खेल वडा नम्वर १ ले १ गोलको अन्तरले विजयी हासिल गरेको हो यो सगै खेलको समीफाईनल समिकरण पनि पुरा भएको छ ।
    विहिवारको पहिलो सेमिफाईनल खेल वडा नम्वर ५ र वडा नम्वर ९ का विचमा हुने खेल संयोजक विकी राईले जानकारी दिएका छन् ।
    बुधवारको खेलको म्यान अफ दि म्याच वडा नम्वर १ का सुमन राई घोषीत हुदै नगद १ हजार ५ सय ट्रफि हात पारेका छन् भने उनको प्रतिभा लाई प्रोत्साहन गर्न नगर खेलकुद विकाश समितिका अध्यक्ष मनि लिम्वुले थप रकम थपेर हौसला प्रदान गरेका थिए ।
    बुद्ध युथ क्लबको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको बिजेता वडाले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्ने छ भने उपबिजेता बन्ने वडाले ३१ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्ने छ ।
    प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर , उत्कृष्ट फर्वाड, उत्कृष्ट खेलाडी , उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजक क्लवका अध्यक्ष मदन राईले बताए ।
    बिधागत बिजेताहरुले जनहिं २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजकले बताएको छ प्रतियोगितामा नगरपालिका भित्रका १० वडाको सहभागीता रहने छ । फाईनल खेल आगामी फागुन २५ गते शनिवार हुने आयोजकले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…